किन चलेको थियो सुशील र सुपुष्पाको प्रेमको हल्ला? « Khabarhub

किन चलेको थियो सुशील र सुपुष्पाको प्रेमको हल्ला?


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा गसिपहरु चलिरहन्छन् । जब कुनै फिल्म रिलिजको बेला हुन्छ, ती फिल्मका नायक–नायिकाको अफेयरलाई लिएर विभिन्न गसिप चल्न थाल्छन् । फिल्म ‘रणवीर’ रिलिज हुने बेलामा पनि हल्ला चलेको थियो कि, फिल्मका नायक सुशील सिटौलाको सुपुष्पासँग अफेयर छ ।

कतिपयले भने यो हल्लालाई फिल्म चलाउने उपायका रुपमा लिने गर्छन् । अभिनेता सुशील सिटौलाले भने यो क्षेत्रमा हल्ला कसरी फैलिन्छ भन्ने आफूले समेत नबुझेको बताए ।

खबरहबसँग कुरा गर्दै सुशीलले भने, ‘म प्रेममा छैन, उहाँसँग काम गर्न सजिलो भयो, सुपुष्पाका लागि यो फिल्म पहिलो भएकाले पनि सहयोग गर्नुपर्ने थियो, तर त्यस्तो प्रेम छैन ।’

फिल्म क्षेत्रमा त के पनि चर्चा थियो भने सुपुष्पालाई फिल्ममा ल्याउने नै सुशील हुन् । तर सुपुष्पाले भने आफू अभिनेता प्रशान्त ताम्राकारसँगको चिनजानका कारण आफूले अडिसन दिएर फिल्ममा काम गरेको बताइन् । ‘उहाँलाई मैले सम्मान गर्छु, तर प्रेमको हल्ला मात्र हो ।’, उनले सुनाइन् ।

यता सुशीलले पनि आफूलाई करिअरकै बढी चिन्ता भएकाले काममा नै आफू फोकस भएको बताए । साथै उनले आफू सिंगल भएको पनि सुनाए ।

यतिबेला हलमा चलिरहेको फिल्म ‘रणवीर’ मा सुशील र सुपुष्पा जोडीका रुपमा छन् । उक्त फिल्ममा सुशीलले अर्की अभिनेत्री सुभेच्छा खड्कासँग पनि रोमान्स गरेका छन् । दक्षिण भारतीय फिल्मजस्तो लाग्ने यो फिल्मको लेखन तथा निर्देशन गोविन्दसिंह भण्डारीले गरेका हुन् । फिल्म हेरेका दर्शकले राम्रो भनेर प्रतिक्रिया दिए पनि फिल्मले हलमा दर्शक तान्न भने सकेको छैन ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  २ : ५७ बजे

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न

नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको लर्को

ताप्लेजुङ– नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ छ