सलमान खान र क्याटरिनाको बिहे ! | Khabarhub Khabarhub

सलमान खान र क्याटरिनाको बिहे !


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड सुपरस्टार सलमान खानको बिहेको हर कोहीलाई चासो छ । अक्सर सलमान खानको बिहेलाई लिएर दर्शकले पनि अनेक प्रश्न सोध्ने गर्छन् । खबर आएको छ कि, सलमान खानले बलिउड अभिनेत्री क्याटरिना कैफसँग बिहे गर्दैछन् । तर उक्त बिहे रियलमा नभएर रिलमा हुन लागेको हो ।

भारतीय मिडियाका अनुसार सलमान खान र क्याटरिना कैफ अपकपिङ फिल्म ‘भारत’ का लागि बिहेको शूट गर्दैछन् । यो खास बिहेको सिक्वेन्सका लागि एउटा गीत शूटिङ गरिनेछ । यो गीतको छायांकनका लागि विशेष सेट समेत बनाइएको छ । सेटलाई फूलले सजाइएको छ ।
एक अन्तर्वार्तामा सलमान खानले भनेका छन्, ‘फिल्म ‘भारत’ मा जुन मेरो भूमिका छ, उक्त भूमिकामा मेरो बिहे ७२ वर्षसम्म हुँदैन, मैले पनि यसैलाई फलो गरिरहेको छु ।’

हालै ‘भारत’ को सेटमा क्याटरिनाको एउटा तस्वीर भाइरल भएको थियो । यो फिल्मको लामो समयदेखि प्रतीक्षा छ । फिल्ममा सलमान खान र क्याटरिना कैफको अभिनय जोडी छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ४ : २० बजे

पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

पहिरो हटाएपछि जुम्ला–नाग्म सडक खुल्यो

जुम्ला – अवरुद्ध जुम्ला–नाग्म सडकखण्ड पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत – भेरी करिडोर हुँदै जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीबाट सरिया

प्रधानमन्त्रीसँग विश्व बैंकका प्रमुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध

करेन्ट लागेर एकजनाको मृत्यु, एक घाइते

खोटाङ – करेन्ट लागेर गम्भीर घाइते भएका ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित