बुर्किना फासोमा करिब डेढ सय आतंकवादी मारिए « Khabarhub

बुर्किना फासोमा करिब डेढ सय आतंकवादी मारिए


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाले चलाएको सैनिक कारबाहीमा १ सय ४६ संदिग्ध आतंककारी मारिएका छन् । बुर्किना फासोको पश्चिमी क्षेत्रमा सेनाले गरेको आतंकवादीविरुद्ध सैनिक कारबाहीमा उनीहरुको मारिएका हुन् ।

आइतबार पश्चिमी बोख्ल द महुन क्षेत्रमा आतंकवादीको आक्रमणमा १४ जनाको ज्यान गएपछि आतंकवादीविरुद्धको थप सैन्य कारबाही अघि बढाइएको बुर्किनाबे सैनिक अधिकारीले जनाएका छन् ।

बुर्किनाबे सैनिक अधिकारीले आतंकवादीविरुद्धको कारबाहीलाई निरन्तरता दिइरहेको छ । बुर्किना फासोमा गत तीन वर्षयता इस्लामिक अतिवादीहरुले सैनिक तथा गैरसैनिकलाई तीव्र निसाना बनाउँदै आएको थियो ।

गत डिसेम्बर २७ मा भएको आक्रमणमा १० बुर्किनाबे शसस्त्र प्रहरीको ज्यान गएपछि बुर्किना फासोका १३ मध्ये ७ क्षेत्रमा संकटकाल घोषणा गरिएको थियो ।

– एजेन्सीको सहयोगमा 

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  २ : ५० बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको