ईयूका १५ मुलुकले दिए गुुआइदोलाई राष्ट्रपतिको मान्यता « Khabarhub

ईयूका १५ मुलुकले दिए गुुआइदोलाई राष्ट्रपतिको मान्यता


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युरोपेली यूनियन (ईयू)का अधिकांश मुलुकहरुले स्वघोषित अन्तरिम राष्ट्रपति घोषणा गरेका भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोलाई राष्ट्रपति मान्ने जनाएका छन् । स्पेन, बेलायत, फ्रान्सलगायत १५ युरोपेली मुलुकहरुले गुआइदोलाई राष्ट्रपतिको मान्यता दिने घोषणा गरेका हुन् ।

गत सातामात्रै युरोपेली युनियनका मुलुकहरुले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई राष्ट्रपतिको चुनाव गर्न दिएको ८ दिनको म्याद घर्किएसँगै युरोपेली यूनियनका मुलुकहरुले गुआइदोलाई राष्ट्रपतिको मान्यता दिएका हुन् ।

यता गुआइदोले भने आफूलाई राष्ट्रपतिको मान्यता दिने सबै युरोपेली मुलुकहरुलाई धन्यवाद दिएका छन् । उनले ट्वीट गर्दै भेनेजुएलामा लोकतन्त्र स्थापनाका लागि युरापेली युनियनका मुलुकहरुले चालेको कदमको स्वागत समेत गरेका छन् ।

भेनेजुएलाका राष्ट्रपति मादुरोको साझेदार मुलुक रुसले भने गुआइदोलाई राष्ट्रपतिको मान्यता दिने युरोपेली युनियनका मुलुकहरुको कदमको चर्को विरोध गरेको छ । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले एक विज्ञप्ति जारी गर्दै भेनेजुएलामा अवैधानिक शक्तिलाई मान्यता दिने युरोपेली युनियनका मुलुकहरुको कदमको विरोध गरेको हो ।

भेनेजुएलामा राष्ट्रपति मादुरो र गुआइदोले पछिल्ला केही सातायता विशाल जनप्रदर्शन आयोजना गर्दै आएका छन् । जनप्रदर्शनकै माझबाट गुआइदोले गत जनवरी २३ मा आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका थिए ।

त्यसयता भेनेजुएलाको राजनीतिक संकटलाई लिएर अन्तर्राष्ट्रिय समुदायमा मतविभाज भएको छ । अमेरिकासहित पश्चिमा मुलुकले गुआइदोलाई राष्ट्रपतिको मान्यता दिएका छन् भने रुस र चीनसहितका केही राष्ट्रहरुले मादुरोलाई नै राष्ट्रपति मान्ने जनाएका छन् । मादुरोले सत्ता नछाडे सैनिक आक्रमण गर्ने अमेरिकाले चेतावनी समेत दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ३ : ०९ बजे

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान

नेपालका लागि चीनको चार बुँदे ‘रोड म्याप’ले भारतमा चर्चा पायो

काठमाडौं- चीनले नेपालसँगको सम्बन्धलाई लिएर चार सूत्रीय रोडम्याप प्रस्तुत गरेको

अवैध लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग 

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा