डा. ओममूर्तिको सुझाव– एकपटक प्रयोग गरेको तेल पुनः तताएर प्रयोग गर्नु घातक « Khabarhub

डा. ओममूर्तिको सुझाव– एकपटक प्रयोग गरेको तेल पुनः तताएर प्रयोग गर्नु घातक


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाईं एकपटक प्रयोग गरेको तेल पुनः तताएर प्रयोग गर्नुहुन्छ ? यदी गर्नुहुन्छ भने अब यो बानी छाड्नुहोस् ।

किनकी एकपटक प्रयोग गरीसकेको तेल पुनः तताएर प्रयोग गर्नु स्वास्थ्यको लागि हानिकारक छ । एकपटक प्रयोगमा आएको तेल पुनः प्रयोग गर्दा मानिसमा मुटु, स्नायु, कलेजो सम्बन्धि रोग लाग्न सक्ने र क्यान्सर समेत हुने खतरा रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले बताए ।

यसो भन्छन् डा. अनिल 

तेललाई पटक–पटक तताउँदा अल्डिहाइड नामक टक्सिन उत्पादन हुन्छ । पुनः तताएको तेल प्रयोग गर्दा यसमा उत्पादन भएको टोक्सिन शरीर भित्र प्रवेश गर्छ । जसले हाम्रो शरीर भित्रको प्रोटिन, एन्जाइम र हर्मोनसँग प्रक्रिया गरी स्वास्थ्यलाई असर पुर्‍याउँछ ।

सूर्यमुखी तथा भटमासको तेललाई पटक–पटक तताउदा राम्रो फ्याटहरु ट्रान्सफ्याटमा परिणत हुन्छ । जसले शरीरमा नराम्रो कोलेस्ट्रोल बढाउँछ । यसले रक्तनलिमा रगत जम्ने सम्भावना बढाउँछ । तेललाई पटक–पटक तताउँदा त्यसमा उत्पादन हुने टोक्सिनले मुटुरोग, स्नायुरोग, कलेजो रोग तथा क्यान्सर हुने खतरा बढ्छ ।

त्यसले यी रोगहरु लाग्नबाट बच्नको लागि तेल पुनः तताएर प्रयोग गर्ने बानी हटाउनुपर्छ । मुटु, कलेजो स्नायु र क्यान्सरका बिरामीले यस्तो तेल प्रयोग गर्ने नहुने डा. अनिलको भनाइ छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ५ : ५२ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा