एनसेलको मुद्दा हेर्दाहेर्दैमा, एक–दुई दिनमै अन्तिम फैसला हुने | Khabarhub Khabarhub

एनसेलको मुद्दा हेर्दाहेर्दैमा, एक–दुई दिनमै अन्तिम फैसला हुने


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल खरिदबिक्री प्रकरणको लाभकर विवादसम्बन्धी मुद्दाको सुनुवाई हेर्दाहेर्दैमा राखेको छ ।

लामो समय स्थगित रहेको मुद्दामाथि माघ १७ गतेदेखि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको पूर्ण इजलाशमा सुनुवाइ भइरहेको छ । राणा नेतृत्वको इजलाशले १७ गतेदेखि नै मुद्दालाई हेर्दाहेर्दैमा राख्दै आएको छ ।

१७ गते यता २० र २२ गते (मंगलबार) गरी दुईपटक सुनुवाइ भइसकेको छ । एनसेलको पक्षका वकिलहरुको बहस जारी रहेकाले मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च स्रोतले खबरहबलाई जानकारी दियो ।

सर्वोच्च स्रोतका अनुसार संभवतः एक–दुई दिनमै मुद्दा किनारा लाग्ने छ ।

यसअघि गत असोज १८ गतेदेखि एनसेल लाभकर विवाद प्रकरणको मुद्दामा सर्वोच्चले अन्तिम सुनुवाइ थालेको थियो । न्यायाधीश शारदाप्रसाद घिमिरे नेतृत्वको पूर्ण इजलाशमा न्यायाधीशहरु विश्वम्बरप्रसाद श्रेष्ठ, पुरुषेत्तम भण्डारी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान सदस्य थिए ।

तर, गत मंसिर १३ गतेदेखि सर्वोच्चले दैनिक पेशीमा नचढाइ मुद्दा स्थगित गरेको थियो । यसबीचमा लिड न्यायाधीश घिमिरेले पुस २१ गते उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि एनसेल लाभकर मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।

लाभकर प्रकरणको मुद्दामाथि पूर्ण सुनुवाइ जारी रहेपनि एनसेलको मागदावी अनुसारको आदेश भने सर्वोच्चले यसअघि नै जारी गरिसकेको थियो ।

सर्वोच्चले ९ पुस २०७४ मा एनसेलको लाभांश नरोक्न भन्दै ठूला करदाता कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीशहरु ओमप्रकाश मिश्र र केदार प्रसाद चालिसेको इजलाशले लाभांश रोक्दा कम्पनीलाई अपूरणीय क्षति पुगेको भन्दै लाभांश नरोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ६ : १० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका