गृहमन्त्री भन्छन्– विदेशी शक्ति सरकार असफल बनाउन लागे « Khabarhub

गृहमन्त्री भन्छन्– विदेशी शक्ति सरकार असफल बनाउन लागे


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– गृहमन्त्री रामबहादुर थापाले वर्तमान सरकार असफल बनाउन निर्वाचनमा पराजित तथा विदेशी शक्ति सक्रिय भएको बताएका छन् ।

दोस्रो मुक्तेश्वर महोत्सवको उद्घाटन गर्न सर्लाहीको बरहथवा नगरपालिकाको मूर्तियामा आज आयोजित सभामा उनले पराजित शक्तिका साथै देश टुक्र्याउने  शक्ति सक्रिय रहेको बताए ।

“सरकार देशमा सुशासन लागू गर्न लागिपरेको छ तर पराजित शक्ति सरकार गिराउने खेलमा लागेको छ”, उनले भने । उनले सरकार विरोधी शक्तिबाट सजग रहनुपर्नेमा पनि जाेड दिए ।

“विदेशी शक्ति सरकारलाई कमजोर बनाउन लागेको छ”, उनले भने, “हामी नयाँ युवमा प्रवेश गरेका छौँ, एकतन्त्रीय शासनलाई अन्त्य गरेर सङ्घीय लोकतन्त्रमा प्रवेश गरेका छौँ । सरकारको काम भन्नेको जनताको सेवा हो ।”

मुक्तेश्वर क्षेत्र पर्यटकीय क्षेत्र घोषणा भएमा यस क्षेत्रको विकास हुने, यहाँको आर्थिक विकास र समृद्धि हुने बताउँदै गृहमन्त्री थापाले भने, “विकासबिना शान्ति पनि सम्भव छैन, त्यस कारण यस क्षेत्रको विकासमा सरकार गम्भीर छ ।”

महोत्सव आज माघ २२ गतेदेखि शुरु भएको दोस्रो मुक्तेश्वर महोत्सव माघ २८ गतेसम्म चल्ने बरहथावा नपा–९ का वडाध्यक्ष एवम् महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष तुलसीप्रसाद लुइँटेलले बताए ।

ऐतिहासिक मुक्तेश्वर मन्दिरको प्रचारप्रसार गर्नाका साथै यस क्षेत्रका बासिन्दाको झाँकीको प्रदर्शन, सांस्कृतिक कार्यक्रमसमेत राखिएको उनले बताए । आज पहिलो दिन विभिन्न जातजातिले आफ्नो पहिचानसहितको झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ७ : १७ बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य