सोनाम ल्होसार : सेल्फीमा रमाउनेदेखि नाच्ने गाउनेसम्म (१० तस्वीरमा) « Khabarhub

सोनाम ल्होसार : सेल्फीमा रमाउनेदेखि नाच्ने गाउनेसम्म (१० तस्वीरमा)


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुभर रहेका तामाङ समुदायले सोनाम ल्होसार भव्यरुपमा मनाएका छन् । ल्होसारका अवसरमा काठमाडौंमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । अन्य ठाउँमा भन्दा काठमाडौंको रौनक केही पृथक थियो । आफ्नो मौलिक परम्परामा सजिएका युवायुवतीहरु सेल्फी र नाचगानमा व्यस्त रहेका थिए ।

कुकुर वर्षलाई बिदाइ गरी सुँगुर वर्षलाई स्वागत गरेर सोनाम ल्होसार पर्व मनाइएको हो । चान्द्रमासअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन यो समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरी मनाउने गर्छन् ।  मञ्जुश्री पात्रोअनुसार मंगलरबारदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष शुरु भएको छ ।

यो २८५५औँ सोनाम ल्होछार हो । लोसारका अवसरमा मंगलबार काठमाडौंको टुंडिखेलमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो ।मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको छ ।

मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक मानिन्छ ।

 

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १० : २० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया