अदालतले कसरी बनायो खोलालाई व्यक्तिको « Khabarhub

अदालतले कसरी बनायो खोलालाई व्यक्तिको


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुर जिल्ला अदालतले मध्यपुर थिमि-१६ को हनुमन्ते खोलासमेत रहेको १७ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा छुट दर्ता गर्न विवादास्पद आदेश दिएको पाइएको कान्तिपुर दैनिकमा खबर छ।

भक्तपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश मोहम्मद जुनैद आजादले गत पुस २६ मा लोकन्थलीस्थित हनुमन्ते खोला र दायाँ-बायाँको १७ रोपनी १ आना २ दाम १ पैसा जग्गा ललितपुर, इमाडोलका ज्ञानबहादुर थापाकानाममा छुट दर्ता गरिदिन भूमिसुधार कार्यालय भक्तपुरलाई आदेश दिएका हुन्। नापीको नक्सा र मालपोतको स्रेस्तामा कित्ता नं. ४२४ को उक्त जग्गा ‘खोलो/सरकारी’ उल्लेख छ।

आजादले २०२१ सालको नापीदेखि फिल्डबुकमा नेपाल सरकारका नाममा दर्ता कायम भएको र २०५३ सालसम्म कसैले आफ्नो हो भन्ने दाबी नगरेको जग्गा ठोस प्रमाण र आधारबिनै व्यक्तिका नाममा छुट दर्ता गर्न आदेश दिएका हुन्। साविक दिव्यश्वरी गाविस र हाल मध्यपुर थिमि-१६ मा पर्ने कित्ता नं. ४२४ मा ६७ रोपनी ८ आना २ दाम जग्गा छ। आजादले १७ रोपनी १ आना २ दाम १ पैसा जग्गा भने पनि पूरै कित्ता अर्थात् ६७ रोपनी ८ आना २ दाम नै थापाका नाममा छुट दर्ता हुने आशयको फैसला गरेका छन्।

आजाद काठमाडौं जिल्ला अदालतमा हुँदा पाकिस्तानी हेरोइन कारोबारीलाई पासपोर्टलगायतका कागजपत्र फर्काउन आदेश दिई उम्काएको, विदेशबाट फर्किएकी महिलालाई ठगी गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीलाई सफाइ दिएको र पर्सा जिल्ला अदालतमा हुँदा ८ नक्कली डाक्टरलाई सफाइ दिएको जस्ता दर्जनौं विवादास्पद फैसला गरेका न्यायाधीश हुन्। उनी डेढ महिनाअघि उच्च अदालत विराटनगरको न्यायाधीश नियुक्त भएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भक्तपुरमा रहँदा विवादास्पद फैसला गरेको भन्दै आजादलाई स्पष्टीकरणसमेत सोधेका थिए। न्यायाधीश आजादले नदीउकासजग्गा साविक दर्तावालको देखिएमा निजको नाममा दर्ता हुन सक्छ भनी प्रतिपादित नजिर रहेको र जग्गा दर्ता समितिले कसैको दाबी-विरोध नरहेको, कुनै विवाद नभएको, ग्रिनबेल्टलाईबाटो छुट्याउन वादीको कुनै अवरोध रहेको नदेखिएको, दाबीको जग्गासाविक लगतसँग भिडेको आधारप्रमाण रहेको जिकिर गर्दै मालपोत कार्यालय भक्तपुरको निर्णय बदर गरी व्यक्तिका नाममा छुट दर्ता गर्न आदेश दिएका हुन्।

त्यस्तै पत्रिकाले प्रधानमन्त्रीले विकास खर्च सुधार्छु भनेको, उपप्रमुखहरु आन्दोलित भएको, सिमेन्टले हरितगृह ग्यास उत्सर्जन बढाएको लगायतका समाचारलाई प्राथमिकताका साथ छापेको छ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ७ : ४६ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये