मौसमी रोगका बिरामी बढे, भाइरल ज्वरोले एकको मृत्यु « Khabarhub

मौसमी रोगका बिरामी बढे, भाइरल ज्वरोले एकको मृत्यु


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा-जाडो सकिएसँगै गर्मीयाम लागेपछि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा विभिन्न मौसमी रोगका बिरामी बढेका छन् । जिल्लाको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ । भाइरल ज्वरोका कारण एकको मृत्युसमेत भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए । मृत्यु हुनेमा क्युडीकी ५५ वर्षीया छञ्चकला बुढा रहेको बताइएको छ । मृतक बुढाको १८ गते मृत्यु भएको हो ।

हिमालीको क्युडी र पाडीगाउँमा रहेका सबै परिवारका सदस्य भाइरल ज्वरोको प्रकोपमा रहेको स्वास्थ्यकर्मीले बताएका छन् । मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखापरेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख सिंहले जानकारी दिए ।

रुगिन स्वास्थ्य चौकीका प्रमुख धनबहादुर फडेराको नेतृत्वको टोली क्युडीगाउँमा गएर ९३ भन्दा बढीको उपचार गरेको प्रमुख सिंहको भनाइ छ । रुघाखोकी पूर्णरुपमा नियन्त्रणमा नआउँदासम्म दुई स्वास्थ्यकर्मी गाउँमै रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । एक अहेब र एक अनमी गाउँमै उपचार गरिरहेको छन्, थप जटिल समस्या आएमा थप स्वास्थ्यकर्मी पठाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।

मौसमी रोगका बिरामी बढे

जाडो सकिएसँगै गर्मीयाम लागेपछि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा विभिन्न मौसमी रोगका बिरामी बढेका छन् । झाडापखाला, टाइफाइड, भाइरल ज्वरो, रुघाखोकी, आउँ र हैजाजस्ता रोग देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी कुलबहादुर रावलले बताए । अहिले स्थानीयवासिन्दा दिनहुँजसो ज्वरो आउने, रुघाखोकी लाग्ने, कडा टाउको दुख्नेजस्ता लक्षण लिएर उपचारमा पुग्ने गरेका छन् ।

एकसातादेखि मौसमी रोगका बिरामी उपचारका लागि आउन थालेका छन् । हिजोआज दैनिक १५० झाडापखाल, रुघाखोकी र ज्वरोका बिरामी आइरहेका छन् । मौसमी बिरामी बढी आउन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । रुघाखोकी तथा भाइरल ज्वरो भाइरसका कारणले हुने रोग हो । यस्तो अवस्थामा एन्टिवायोटिक खानुपर्ने आवश्यकता पर्दैन । भाइरसले शरीरमा कमजोरी गराउने भएकाले आराम गर्न र प्रशस्त झोल कुरा खाएमा चारदेखि पाँच दिनमा विस्तारै निको हुँदै जान्छ ।

झाडापखाला, टाइफाइड ज्वरो भने व्याक्टेरियल (जीवाणु) को कारणले भएको हुँदा यसमा स्वास्थ्य परीक्षणपछि मात्र औषधि खानुपर्छ । धेरैजसो बिरामीले नजिकको औषधि पसलबाट अनुमानको भरमा औषधि खाएको देखिन्छ, यसो गर्नु उचित नभएको स्वास्थ्यकर्मीको भनाइ छ । सामान्य मानिएका मौसमी रोगमा ध्यान नदिँदा स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सरसफाइ र उचित खानपिनमा ध्यान दिनुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ८ : ५८ बजे

तनहुँका दुई पालिकामा केन्द्रीय निर्देशनअगावै पठनपाठन हुने

तनहुँ– सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख २१

नेपाली फिल्ममा दशैँ भिडन्तका लागि अहिलेबाटै सितयुद्धको ‘वार्मअप’

काठमाडौं – मेकरहरूबाटै चौथर्फी आक्रमणमा परेकाले गत वर्षको दशैँमा फिल्म

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको नयाँ चरणको वार्ता

यी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल