साप्ताहिक राशिफल (वैशाख २२ देखि २८ सम्म) | Khabarhub Khabarhub

साप्ताहिक राशिफल (वैशाख २२ देखि २८ सम्म)


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसहरुको जन्मकुण्डली, उसको फलादेश लगायत विभिन्न भविष्यवाणी जन्म समयलाई आधार मानेर गरिन्छ । उसको राशि पनि जन्म समयबाटै निर्धारण गरिन्छ । कुनै पनि व्यक्तिको जन्म समय ठिक छ भने ज्योतिष शास्त्रबाट गरिने उसको फलादेश पनि मिन्छ । ‘एस्ट्रो राज’ले गर्नुभएको साप्ताहिक फलादेश यसप्रकार छ :

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

यो साता तपाईको मध्यम रहने छ । साताको शुरु र अन्त्य तपाईका लागि शुभ रहने छ । प्रेम तथा मित्रताको बन्धन कसिलो बन्ने छ । दाम्पत्य जीवन सुखमय देखिन्छ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । तपाईलाई विभिन्न अवसरले पछ्याइरहेको हुनेछन्, समयलाई चिन्नुहोला । सोमबार र मंगलबारको समय मध्यम छ । स्वास्थ्यमा गडबढी आउने देखिन्छ । बोलीमा प्रभाव नदेखिएला । तपाईको मेहनतको प्रतिफल अरुले नै लिने योग देखिन्छ । बुधबार र विहीबार तपाईका लागि राम्रो देखिन्छ । तपाइले चालेका योजनामा क्रमिश सुधार आएको आभास हुनेछ । शुक्रबारको दिन पनि सन्तोषजनक नै बित्नेछ । शनिबार सवैभन्दा उत्तम दिन छ । शनिबार शनि देवतालाई पुज्नुहोला ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

तपाईको यो साताको पहिलो तीन दिन तुलनात्मक रुपमा राम्रो नदेखिए पनि त्यसपछिका चार दिन भने उत्तम रहनेछन् । नाम र दाम दुवै कमाउने योग छ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै रुची रहेपनि त्यो दीगो बन्नेछ । सिर्जनात्मक काममा हात हाल्नुहोला । माया प्रेममा सुमधुरता । व्यापार व्यावसायमा सन्तुष्टि प्राप्त हुने योग छ । यात्रा रमाइलो बन्नेछ । छोटो दूरीको यात्रा तय गर्दा राम्रो । सामाजिक सम्बन्धहरुमा सामिप्यता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । चाँडै अरुको विश्वास नगरिहाल्नुहोला ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

साताको पहिलो दिन तपाईको शुभ देखिन्छ । अध्ययनमा सुधार आउँला । पारिवारिक साथ र सहयोग मिल्नेछ । सोमबार र मंगलबार तपाइका लागि मध्यम देखिन्छ । गणेश भगवानको पूजा गर्नुहोला । मिथुन राशि हुनेहरुका लागि बुधबार र विहीबार सवैभन्दा राम्रो छ । मिष्ठान भोजनको अवसर मिल्नेछ । वैदेशिक यात्रा सुख रहने देखिन्छ । आफन्तको राम्रै साथ सहयोग मिल्नेछ । आटेको काम बन्ने, मनले चिताएको पूरा होला । शुक्रबार व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थयमा सामान्य समस्या देखिन सक्ला । अनावश्यक खर्च बढ्न सक्छ, अरुको कुरामा चाडो विश्वास नगर्दा राम्रो ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

समाजसेवा तथा राजनितिमा बढी रुचि जाग्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आयका स्रोतहरु बढ्ने देखिन्छ । अनुसन्धानात्मक क्षेत्रमा बढी रुची जाग्नेछ । विहीबारको दिन राम्रो देखिदैन, मनमा अनेक तर्क वितर्कको अन्तर्संघर्ष देखिनेछ । जबर्जस्ती कामहरु थाल्नुभयो भने बीचमै रोकिनेछन् । शुक्रबार र शनिबार भने सुखद् देखिन्छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । मान, प्रतिष्ठा र ईज्जत कमाउनुहुनेछ । प्रेम सम्बन्धमा पनि सुधार आउने छ । अनावश्यक खर्च भने बढ्ने देखिन्छ । वैदेशिक यात्राको अवसर मिल्नेछ ।

सिहं (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

साताको शुरु र अन्तको तपाइका लागि मध्यम देखिन्छ । सोमबार स्वास्थ्यमा गडबडी देखिएला । शुरु गरेका कामहरु सम्पादन गर्न समय लाग्नेछ, ज्यानमा आलस्यता उब्जिने छ । सहयोग भन्दा पनि आश्वासन बढी पाइएला । गोप्य कुराहरु आफन्तलाई पनि नसुनाउँदा राम्रो । मंगलबार र बुधबार राजनीतिमा रुची जाग्नेछ । मनमा चञ्चलता पैदा हुने देखिन्छ । विहीबार अध्ययनमा रुची बढ्ने छ । शुक्रबारको दिन पनि सुखद रहनेछ । जमघटको अवसर जुट्ला । मन प्रशन्न हुनेछ । कृषि तथा व्यापारमा पनि सन्तुष्टि मिल्ने छ । सम्मान पाउने योग छ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)

साताको शुरुदेखि बुधबारसम्म तपाईको राम्रो छ । आँटेका काममा सफलता मिल्नेछ । बोलिमा प्रभाव रहला । अध्ययन अध्यापनमा रुची बढ्ने छ । धार्मिक कुरामा बढी रुची रहला । छोटो दूरीको यात्राको योग छ । साहित्य तथा संगीत क्षेत्रमा रुची बढ्ला । अध्यात्म तथा धार्मिक क्षेत्रमा चासो बढी देखिनेछ । प्रेम सम्बन्धमा भने विभिन्न शंका उपशंका उब्जिनेछन् । समयमै सचेत बन्नुहोला । विहीबार र शुक्रबार दुई दिन तपाइका लागि त्यति साम्रो समय देखिदैन । काममा व्यवधान आउँदा । मनामा शंका उब्जिेनेछन् । स्वास्थ्यमा सामान्य गडबडी आउन सक्ने छ । साताको अन्तिम दिन भने तपाइको राम्रो देखिनेछ । पारिवारिक सम्बन्ध मजबुत देखिनेछ । अध्ययन अध्यापनमा रुची बढ्ने छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

साताको शुरु र अन्त तपाईका लागि राम्रो देखिदैन । अरु दिन भने तपाईका लागि मध्ययम रहने छन् । सोमबारदेखि शुक्रबारसम्म रोकिएका कामहरु बन्ने सम्भावना देखिन्छ । बोलीमा प्रभाव रहने छ । आफन्तबाट पनि सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । गरिरहेका कामबाट सन्तुष्टि मिल्नेछ । यात्रा पनि फलदायी बन्नेछ । घरायरि सुख सुबिधाले तपाईलाई प्रफूल्लित बनाउने छ । सोमबार र मंगलबारको समय मध्ययम रहेको देखिन्छ । साताको अन्तिम दिन खर्चको योग बढी देखिन्छ । अविश्वासको वातावरण बन्नेछ । कुनै आरोप समेत लाग्नेछ । तपाईले गरेको मेहनतको प्रतिफल अर्कैका लागि हुने देखिन्छ । पारिवारिक खटपटको अवस्था समेत सिर्जना हुने देखिन्छ ।

बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

यो साता तपाईका लागि मध्यम रहने छ । सवैभन्दा उत्तम दिन विहीबार हुनेछ भने सवैभन्दा नराम्रो दिन शनिबार छ । शनि देवको पूजाविधि अपनाउनुहोला । विहीबार उत्तम दिन भएको हुँदा शुभ कार्यमा हात हाल्दा राम्रो सोमबारबाट थालनी गरेपछि नराम्रो देखिँदैन । पढन पाढनमा मन जानेछ । यात्रा रमाइलो हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले प्रफुल्लित हुनुहुनेछ । सातको अन्तिम दिन विवाद तथा आरोप आइलाग्न सक्छ । आश्वासन बाढ्नेहरु बढी आउनेछन् । स्वास्थयमा पनि गडबढी आउने छ । पैसा बढी खर्च हुने योग छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

यो साता तपाईका लागि त्यति राम्रो देखिँदैन । ईष्टमित्र तथा आफन्तकै विश्वास गुमाउने खतरा छ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने देखिँदैन शत्रुपक्ष बलियो हुने देखिन्छ । तपाइको मनोबल पनि गिर्ने छ । बुधबार र विहीबार भने तपाईका लागि अन्य दिनको तुलनामा समय राम्रो देखिन्छ । केही खुशीका क्षणहरु आउने छन् । स्वास्थ्यमा पनि सुधार आउँला । अध्ययनमा रुची जाग्ला । व्यापार व्यावसायमा तपाईले सोचेजस्तो नभए पनि औसत रहने छ । साताका अन्तिम दुई दिन पनि तपाईका लागि राम्रो देखिदैन । पारिवारिक समस्या देखिने छ । अरुको बोलीमा विश्वास नगर्नुहोला । झुठा आरोप आइलाग्न सक्छन् । सवारि चलाउँदा चोटपटक तथा दुर्घटना हुन सक्छ । सचेत रहनुहोला ।

मकर (भो, ज, जी,  खी, खू, खे, खो, गा, गी)

यो साताको शुरुका चार दिन तपाईका लागि मध्यम रहनेछन् । चार दिनको अवधिमा तपाइले राम्रै उपलब्धि हात पार्नु हुनेछ । सामाजिक प्रतिष्ठा मिल्ने छ । स्वास्थयमा भने सामान्य समस्या आउँला । खर्च बढी भए पनि मन प्रफूलित हुनेछ । दापत्य जीवन पनि सुखमय रहनेछ । बुधबार मुद्दा मामिला तपाइका पक्षमा आउने योग देखिन्छ । पढाई लेखाईमा पनि रुची बढ्नेछ । शुक्रबार र शनिबार व्यापार व्यावसायमा घाटा देखिन्छ । साताका अन्तिम दुई दिन यात्राको योग छ । छोटो दूरीको यात्रा फलदायी रहला ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, द) ।
यो साता तपाईका लागि औसत रहनेछ । पहिलो दुई दिन राम्रो छ भने त्यसपछिका दुई दिन मंगल र बुधबार राम्रो देखिदैन । विहीबार र शुक्रबार फेरि राम्रो भए पनि शनिबार शुभ छैन । आइतबार र सोमबार रमाईलो भेटघाट हुने तथा स्वादिष्ष्ट भोजनको अवसर जुर्ला । शुभचिन्तक तथा आफन्तको साथ पाइए पनि मंगलबार र बुधबार विश्वास गुम्ने खतरा देखिन्छ । त्यसपछिका दुई दिन पुनः तपाईको पक्षमा आउनेछन् । व्यापारमा लगानी गर्दा राम्रो होला । नयाँ योजना बुन्नुहोला । पारिवारिक र प्रेम सम्बन्धमा सुमधुरता रहनेछ । साताको अन्तिम दिन स्वास्थयमा सामान्य गडबडी आउने छ । अनावश्यक खर्च बढ्ला । झै–झगडा तथा विवाद निम्तिन सक्ला ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
यो साता तपाईको सखुद रहनेछ । पराक्रमसँग जोश जाँगर बढ्नेछ । लगानीको प्रतिफल प्राप्त हुनेछ । विरोधीहरु कमजोर सावित हुनेछन् । अनेक कुराहरु सुनिए पनि तपाइको बोलीको प्रभाव पर्नेछ । पारिवारिक सम्बन्धमा पनि सुधार आउने छ । आर्थिक लाभको योग छ । अध्यन अध्यापनमा अभिरुचि बढेर जानेछ । स्वास्थ्यमा भने सामान्य गडबडी आउँला । वैदेशि यात्राको पनि योग देखिन्छ । घर जग्गाको कारेबार गर्दा राम्रै हुने देखिन्छ । व्यापार व्यवसायबाट पनि आन्दानी राम्रै रहला । उपाहार तथा भौतिक सम्पति प्राप्तिको योग छ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले खानपान तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ९ : ४० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम