राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने « Khabarhub

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै अघि बढाइने जनाएको छ ।  

बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयसम्बन्धी प्रश्नोतरमा प्रधानमन्त्रीका तर्फबाट जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समावेशिता, योग्यता, राष्ट्रिय जीवनमा पुर्‍याएको योगदान र राष्ट्रिय सभाको गरिमालाई ध्यानमा राखी उपयुक्त व्यक्तिको सिफारिस यथाशीघ्र गरिने बताएकी हुन् । 

हाल राष्ट्रिय सभामा २ वटा सदस्य पद रिक्त रहेका छन् । जसमध्ये १ पद नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने र अर्को १ पद निर्वाचित सदस्यतर्फ रहेको छ ।

विगतको राजनीतिक तथा सरकार परिवर्तनको सङ्क्रमणकालीन अवस्थाका कारण मनोनीत सदस्यको निर्णय समयमै हुन नसकेको उनले बताइन् । 

त्यस्तै उनले निर्वाचित सदस्यको रिक्त पदका लागि पनि निर्वाचन आयोगले प्रचलित कानुन बमोजिम उपनिर्वाचनको प्रक्रिया अगाडि बढाउन लागेको जानकारी दिइन् । 

मन्त्री गौतमले आगामी दिनमा राष्ट्रियसभा सदस्य पद रिक्त भए पश्चात् समयमै पदपूर्ति तथा निर्वाचन प्रक्रिया प्रारम्भ गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र संघीय संसदबीच प्रभावकारी समन्वय गरिने उल्लेख गरिन् । 

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ५ : ०६ बजे

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का

खुलामञ्चमा कांग्रेस महाधिवेशनको तयारी धमाधम (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा मञ्चमा

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई