राति सुतिरहेको बेलामा घरमा चोरको समूह पस्यो,  पाँच लाखको लुटपाट « Khabarhub

राति सुतिरहेको बेलामा घरमा चोरको समूह पस्यो,  पाँच लाखको लुटपाट


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौशाला– महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१० सारीगाउँमा आइतबार बिहान चोरहरुको एक समूहले एक घरपरिवारका सदस्यलाई नियन्त्रणमा लिएर रु पाँच लाख बढीको लुटपाट गरेको छ ।

जिल्लाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार आज बिहान करीब साढे १ बजेतिर जलेश्वर नपा–१० सारीगाउँ बस्ने नवीन ठाकुरको घरमा चार/पाँच जनाको समूहमा आएका चोरले रु पाँच लाख ६९ हजार बराबरको सुनचाँदीका गरगहना र नगद लुटेर लगेका छन् ।

उनका अनुसार मुखमा मास्क लगाएर आएका चोरले ठाकुरको एकतले घरमा रहेको झ्यालको रड बाङ्गो पारेर घरभित्र प्रवेश गरी घरमा सुतिरहेका तीन सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट गरेका हुन् । चोरले ठाकुरको घरबाट सुनको दुई तोलाको हार एक थान, सुनको ६ आनाको झुम्का एक थान, सुनको चार आनाको औँठी एक थान, सुनको एक तोलाको टप एक थान, सुनको एक तोलाको मोती एक थान, सुनको दुई तोलाको हनुमानी दुई थान, सुनको दुई तोलाको बाला एक जोडा मूल्य, चाँदीको ४० तोलाको हँसुली (घाँटीमा लगाउने गहना) एक थान, चाँदीको १८ तोलाको पाउजु दुई थान, नोकिया कम्पनीको मोबाइल दुई थान र नगद रु पाँच हजार गरी जम्मा रु पाँच लाख ६९ हजार बराबरको लुटपाट गरी लगेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

घटना घटेलगत्तै बिहान साढे २ बजे जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विज्ञान बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको र चोरको व्यापक खोजतलास गर्नुका साथै घटनाबारे विशेष अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए । घरपरिवारका सदस्यलाई कुटपिट अथवा कुनै घाउचोट नपुर्‍याएकाले ती चोर चिनजानकै हुनुपर्ने प्रहरी उपरीक्षक कार्कीले दाबी गर्नुहुँदै चाँडै ती चोर पत्ता लाग्ने बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ११ : १९ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी