बालबालिकाको दाँत किन खान्छ किराले ? « Khabarhub

बालबालिकाको दाँत किन खान्छ किराले ?


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बालबालिकालाई सबैभन्दा मनपर्ने खाना गुलियो पदार्थ हो । खानु हुँदैन भनेर जति सम्झाएपछि देखेको खानेकुरा खान नपाएसम्म बालबालिका शान्त रहदैनन् ।

बालबालिकाको धेरै गुलियो खानेकुरा खाने बानीलाई अभिभावकले नियन्त्रण गर्न नसक्दा उनीहरुको दाँत किराले खाएको छ । पहिलोपटक पलाएको दात झर्ने समय नआउँदै किराले खाएर धेरै बालबालिकाको दाँत बिग्रिएको छ । तपाई पनि आफ्ना बालबालिकाको दाँत थोते भएर चिन्तित हुनुभएको होला ।

जहा फोहर त्यहा रोग भनेजस्तै खाना खाएपछि बालबालिकाको मुख सफा नगरिदिदा दाँत किराले खान्छ । मुखमा हुने संक्रामक रोगका कारण पनि दाँत किराले खान्छ ।

बोतलबाट दुध खुवाउने गर्दा दाँत टेढोमेढो हुने संभावना २ गुणा बढी हुन्छ । औंला चुस्ने, नङ टोक्ने, जिब्रोले दाँत धकेल्ने बानीले पनि दाँतमा असर पुग्छ । आजभोली बालबालिकामा दाँतमा किरा लाग्ने समस्या अत्यधिक मात्रामा देखिएको छ ।

दन्तसडन र गुलियो

प्रायजसो खाद्यपदार्थहरु दाँतमा लामो समयसम्म रहिरहेमा पक्कैपनि हानिकारक हुन्छन् । तर तुलनात्मक रुपमा गुलियो खाद्यपदार्थ अलि बढि हानिकारक हुन्छ । किनभने यसबाट उत्पन्न हुने अम्ल धेरै हुन्छ, छिटो निस्कन्छ र गुलियोले सुक्ष्मजीवलाई पनि आकर्षण गर्दछ ।

गुलियो, टाँसिने र प्रशोधित खाद्यपदार्थ कति धेरै भन्दा पनि कति धेरै पटक, कुन रसायनिक र भौतिक बनावटको, अन्य खाद्यपदार्थसंग वा एक्लै, कुन रुपमा र कसरी सेवन गरिन्छ त्यसले असर पारिरहेको हुन्छ । सबै भन्दा पहिले यो गुलियो कति लामो समयसम्म मुखमा÷दाँतमा रहिरहन्छ, त्यहि नै सबैभन्दा हानिकारक कारण हो ।

जस्तै हामिले सबैभन्दा गुलियो मान्दै आएको खुदो वा चिनी दिनमा १–२ पटक र मुखमा १ मिनेट राखेर प्रयोग गर्छौं । तर आइसक्रिम दिनमा १–२ पटक नै मुखमा १५–२० मिनेट राखेर प्रयोग गर्छौं भने चिनी भन्दा आइसक्रिम नै बढि हानिकारक हुन्छ ।
तसर्थ गुलियो, त्यसमा पनि अझ टाँसिने, प्रशोधित खाना भरिसक्य प्रयोग नगरौं, यदि गर्नु परे खानासँग वा खाना खाईसकेपछि प्रयोग गर्नुपर्छ । गुलियो खानेकुरा खाइसकेपछि दाँत माझ्नुपर्छ ।

दाँत माझ्न सम्भव नभए सफा पानीले मात्र मुख कुल्ला ग¥यौं भने पनि गुलियो खाद्यपदार्थ सेवनबाट हुने हानिकारक असरबाट जोगिन सकिन्छ ।
दन्त सडन पहिलो चरणमा कालो खाल्टो देखिन्छ । दोस्रो चरणमा डेन्टीनमा असर पु¥याउँछ, उक्त खाल्टोमा खाना अड्किन्छ, सफा पनि हुँदैन, अम्ल तिब्र रुपले उत्पन्न हुन्छ, खाना अड्कने, सिरिङ–सिरिङ हुने, खाना टोक्दा दुख्ने समस्या देखिन्छ । पछिसम्म पनि उपचार नगरे तेस्रो तह जरा (पल्प) सम्म पुग्दछ र दाँत दुख्न शुरु हुन्छ तथा पीप जम्मा हुने, गिजा सुन्निने दाँत हल्लिने समस्या आउँछ ।

किराले खाएमा दातको हेरचाह कसरी गर्ने ?
किराले खाएमा दातको सरसफाईमा नियमितता दिदै जतिसक्दो छिटो दन्तचिकित्सककहा पुगी परामर्श र उपचार लिनुपर्दछ । ज्यादै दुखेमा अस्थायी रुपमा मन तातो नुनपानीले कुल्ला गर्ने,दुखाई कम गर्ने औषधी खाने वा दन्तसडन भएको दातमा कहि नछुने गरी खाल्डोमा ल्वाङको तेल राख्न सकिन्छ ।

उपचार के छ ?
एकातिर प्रकृतिले शरिरको सबैभन्दा कडा तन्तु दाँतलाई दिएको छ भने अर्कोतिर एक पटक नोक्सान भईसकेपछि नपाउने तन्तु नै दाँत हो । त्यसकारण एक पटक नोक्सान भईसकेपछि त्यसको क्षतिपुर्ति नक्कली बस्तुले नै गर्नुपर्दछ । जसलाई सिमेन्ट भर्ने भनिन्छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ४ : २६ बजे

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा– जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’

रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

कास्की– निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब

रोनाल्डोलाई पछाडि पार्दै मेसीको नाममा अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ह्याट्रिकको कीर्तिमान

काठमाडौँ – अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसी २१ औँ शताब्दीमा

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न