राष्ट्रपति भण्डारीलाई बेलायती महारानीजस्तो बनाइयो: देउवा « Khabarhub

राष्ट्रपति भण्डारीलाई बेलायती महारानीजस्तो बनाइयो: देउवा


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई ‘हावादारी गफ’को संज्ञा दिएका छन् ।

सरकारले राजमार्गमै जहाज अवतरण गर्नेजस्ता उडन्ते कुरा गरेकाले नीति तथा कार्यक्रम खासै महत्वपूर्ण नभएको देउवाको भनाइ छ ।

आइतबार बसेको प्रतिनिधिसभा वैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो पार्टीले दर्ता गरेको संशोधन प्रस्तावमा सांसदहरुको मत माग्दै नीति तथा कार्यक्रममा कुनै पनि विषय स्पष्ट नभएको बताए ।

देउवाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरित भएको पनि बताए ।

राष्ट्रपति भण्डारीलाई बेलयाती महारानीको शैलीमा बोल्न लगाएर राष्ट्रपति संस्थालाई विवादमा तान्ने काम भएको देउवाको आरोप थियो ।

‘राष्ट्रपति जस्तो सम्मानित संस्थालाई विवादमा तान्ने काम भएको छ,’ देउवाले भने, ‘बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर विवादमा पारिएको छ । यो लोकतन्त्रलाई राम्रो कुरो होइन ।’

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ११ : ५२ बजे

धुर्मुस अमेरिका हानिएपछि आर्यन राखेर ‘पाँच पाण्डव’को छायाङ्कन

काठमाडौं – कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिका गएपछि अर्को नायक

रविको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ जारी, हेर्दाहेर्दैमा राखेर निरन्तर बहस

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र

गगनले धक्का खाँदा जुर्मुराउँदै शेरबहादुर पक्ष

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनको एजेन्डलाई तत्कालीन सभापति शेरबहादुर देउवाले

यी हुन् रास्वपाबाट निर्वाचित ५७ समानुपातिक सांसद

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले बुझाएका समानुपातिकतर्फका ५७ जना