नेपाली फिल्ममा अवार्डको किनबेच, ‘जुरी’ लाई प्रश्न ! « Khabarhub

नेपाली फिल्ममा अवार्डको किनबेच, ‘जुरी’ लाई प्रश्न !


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म उद्योगमा अवार्ड किनबेच हुन्छ भन्ने आरोप नेपालका लागि नौलो होइन । अवार्ड वितरण गर्ने आयोजकहरुले आफूहरुले अवार्ड वितरणमा निष्पक्षता अपनाएको दाबी गर्दै आएका छन् । तर,  फिल्मकर्मीले भने यस्ता अवार्ड सीधै किनबेच हुने गरेको आरोप लगाउँदै आएका छन् ।

हिजो (शनिवार) सम्पन्न भएको ‘डी सिने अवार्ड’ को नतिजापछि आयोजकले नजिकका फिल्मकर्मीलाई अवार्ड वितरण गरेको आरोप खेप्नुपर्‍यो । यो आरोप न, डी सिने अवार्ड’का आयोजकका लागि नयाँ हो, न अन्य अवार्ड आयोजकहरुका लागि नै नयाँ हो । हलबाट पत्तासाफ भएका फिल्म (जसलाई दर्शक र समीक्षक दुवैले रुचाएनन्, फिल्ममा त्यस्तो गहनता पनि केही हुँदैन) लाई आयोजकहरुले उत्कृष्ट फिल्मको अवार्ड दिलाएका उदाहरण छन् यहाँ ।

यसले नै झल्काउँछ कि, नेपाली फिल्म क्षेत्रमा फिल्मका लागि दिइने अवार्डमा कति निष्पक्षता छ ।

विदेशमा फिल्मका कुनै अवार्ड समारोह हुँदा पूरै विश्वको ध्यान केन्द्रित हुन्छ । अवार्डमा छानिएका ती फिल्म हेर्न दर्शक लालायित हुन्छन् । तर, नेपालमा अवार्ड कुनै एउटा होटलको बन्द कोठामा हुन्छ, केही मिडियामा समाचार आउँछ । र, सकिन्छ । अवार्ड हात पारेका कलाकारले ती अवार्ड आफ्नो कोठामा सजाउँछन् । विदेशको भिसा लगाउनुपर्‍यो भने प्रमाणमा ती अवार्ड देखाउँछन् ।

केही फिल्मकर्मीको आरोप रहने गर्छ – विदेश भासिनकै लागि अवार्डको किनबेच हुने गर्छ ।

तर, अवार्ड बाँड्ने आयोजकहरुले भने प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले निष्पक्ष रुपमा अवार्ड वितरण गरेको दाबी गर्छन् । अर्कातिर अवार्डमा ‘आफ्ना’ ले मौका पाउने पक्का भएपछि कलाकारकै लागि सबैभन्दा ठूलो ‘आत्मबल’ बनेको अवार्डलाई बहिष्कार गरिसकेका छन् । केही नेपाली कलाकारले अवार्ड विक्री हुने भएपछि यस्ता खालका अवार्डका कार्यक्रम नै बहिष्कार गरेका छन् ।

नेपालमा अवार्डको ‘कन्तबिजोग’ भएको भनेर लामो समयदेखि बहस नै उठे पनि अवार्ड वितरकहरु भने यसलाई सुधार्ने पक्षमा छैनन् । परम्परागत रुपमा चलिआएको अवार्डका कार्यक्रमलाई व्यवस्थित गर्नुपर्नेमा झनै भद्रगोल गर्दा नेपाली कलाकारले नै अवार्डलाई ‘रिजेक्ट’ गरिसकेका छन् ।

पछिल्ला दिनमा पनि अवार्डको किनबेच रोकिएको छैन । सीधा हिसाबमा भन्दा अवार्डको किनबेच हुन्छ भनेर कमैले मुख खोल्छन् तर यसबारेमा आफूहरू अनभिज्ञ भएको फिल्मकर्मीले नाटक गर्छन् भन्ने आरोप पनि चल्ने गर्छ ।

जे होस्, अवार्डमा निष्पक्षता नहुने पुरानो रोगबाट नेपाली अवार्डका टुक्रे कार्यक्रम अछूतो छैनन् । अवार्डका आयोजकमाथि मात्र होइन, मनोनयनमा पार्ने निर्णायकहरुले पनि किन अवार्डलाई विक्री वितरणको माध्यम बनाएका छन् भन्ने नैतिक प्रश्न फिल्म क्षेत्रमा बहसको विषय बनेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  २ : ०८ बजे

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा