नेपालमा ४० लाख व्यक्तिमा बाथ रोग, समयमै उपचार नगरे १० वर्ष आयु घट्ने ! | Khabarhub Khabarhub

नेपालमा ४० लाख व्यक्तिमा बाथ रोग, समयमै उपचार नगरे १० वर्ष आयु घट्ने !


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय नेपालमा बाथ रोगीहरु बढ्दै गएको राष्ट्रिय बाथ रोग सेन्टरले जनाएको छ । नेपालमा ४० लाख बाथ रोगी रहेको चिकित्सकहरुले बताएका छन् ।

बाथ रोगका बिरामीमध्य १० प्रतिशतमा ढाडको बाथ रोग भटिने गरेको सेन्टरकी डाक्टर डाक्टर श्वेता नकर्मीले बताइन् । । ढाडको बाथ रोगले मेरुदण्डमा असर पर्ने डा नकर्मीको भनाइ छ । ढाडको बाथ रोग ४५ वर्ष मुनिका पुरुषमा बढी रहेको छ ।

ढाडको बाथ रोगको लक्षण

–मेरुदण्ड बिहानीपख दुख्ने,

– विस्तारै मेरुदण्ड बाङ्गिदै जाने,

– हात तथा खुट्टाका जोर्नीहरु दुख्ने, सुन्निने,

–बिहान अरठ्ठो हुने,

–आखा बारम्बार रातो भएर दुख्ने,

–कुर्कुच्चाको मुनि वा पछाडी दुख्ने ।

बाथ रोगको समयमै पहिचान र उपचार गरेको यो रोग निको हुन्छ । तर समयमा उपचार नगर्दा मेरुदण्ड र जोर्नीहरु बाङ्गिने, जोडिने तथा मुटुको भल्बको समस्या, फोक्सोमा जालि पर्ने र मिर्गौलामा पनि असर पर्नसक्ने डा नकर्मीले बताइन् ।

उनले भनिन, ‘समयमै उपचार शुरु गर्न सकेमा यो रोग नियन्त्रणमा ल्याउन सकिन्छ तर समयमा उपचार गरिएन भने मुटु, फोक्सो र मिर्गौलामा समेत असर पर्छ ।’

बाथ रोगको समयमै उपचार नगर्ने व्यक्तिको आयु १० वर्ष कम हुने डा नकर्मीको भनाइ छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १० : १३ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा