प्रधानमन्त्री ओली जेठ अन्तिम साता स्वीट्जरल्याण्ड जाँदै « Khabarhub

प्रधानमन्त्री ओली जेठ अन्तिम साता स्वीट्जरल्याण्ड जाँदै


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली आगामी जेठ अन्तिम साता स्वीट्जरल्याण्ड भ्रमणमा जाने भएका छन् ।

आगामी जेठ २७ देखि २९ गतेसम्म स्वीट्जरल्याण्ड भ्रमणमा जाने कार्यक्रम तय भएको परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ । उक्त भ्रमणमा दुई देशबीचको बहुपक्षीय सम्बन्ध सुदृढ बनाउनका साथै केही सम्झौता हुन सक्ने बताइएको छ ।

त्यसक्रममा स्वीट्जरल्याण्डका राष्ट्रपति तथा सरकारी उच्च ओहोदाका व्यक्तिसँग भेटवार्ता हुने बताइए पनि परराष्ट्रमन्त्रालयले औपचारिक कार्यक्रम भने सार्वजनिक गरेको छैन ।

यसअघि, गत वर्षको माघको दोस्रो साता  प्रधानमन्त्री ओली डाभोसमा भएको विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन स्वीट्जरल्याण्ड भ्रमणमा गएका थिए ।

स्वीट्जरल्याण्ड भ्रमण अगाडि प्रधानमन्त्री ओली यसैसाता भियतनाम र कम्बोडिया भ्रमणमा जाने कार्यक्रम भने तय भइसकेको छ । यही बैशाख २६ देखि २९ गतेसम्म भियतनाम र ३०-३१ गते कम्बोडिया भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले भियतनाममा त्यहाँका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै त्यहाँ आयोजित वुद्ध सम्मेलनमा सहभागी हुनेछन् ।

भियतनाम र कम्बोडिया बौद्ध धर्मावलम्बीको देश भएकाले प्रधानमन्त्रीको भ्रमण नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

कम्बोडियापछि थाइल्याण्ड हुँदै प्रधानमन्त्री ओलीको टोली जेठ १ मा स्वदेश फर्कने छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ६ : ४६ बजे

आईपीएल : बेंगलुरुलाई कोलकाताले दियो १९३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले रोयल

सीईओ पक्राउपछि एनएमबी बैंकले भन्यो : सबै प्रक्रिया कानुनसम्मत छ

काठमाडौं – स्मार्ट टेलिकम प्रा. लि. सँग सम्बन्धित कर्जा असुली

यी हुन् कायम भएका १८ मन्त्रालय (सूचीसहित)

काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला

कास्की – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट

हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए सूचना

त्रिशुली – नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर