नयाँ श्रम स्वीकृति नखुल्दै मलेसिया पठाउने नाममा धमाधाम अन्तरवार्ता « Khabarhub

नयाँ श्रम स्वीकृति नखुल्दै मलेसिया पठाउने नाममा धमाधाम अन्तरवार्ता


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गत वर्षको जेठ महिनामा मलेसिया जाने कामदारमाथि आर्थिक भार थप्दै आएका विभिन्न संस्था बन्द गरेपछि त्यहाँको रोजगारी बन्द भएको छ । एक वर्षदेखि नयाँ श्रम स्वीकृति लिएर रोजगारीका लागि मलेसियामा नेपाली कामदार जान पाएका छैनन् ।

हाल, नयाँ श्रम स्वीकृति लिएर मलेसिया जाने कामदारका हकमा श्रम स्वीकृति नखुलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । तर, मलेसियाका लागि नयाँ श्रम स्वीकृति नखुले पनि म्यानपावर कम्पनीले नयाँ डिमाण्डको विज्ञापन गरेर कामदारसँग धमाधम अन्तरवार्ता लिइरहेको पाइएको छ ।

गत चैत महिनादेखि दर्जनभन्दा बढी म्यानपावर कम्पनीले मलेसिया रोजगारीमा पठाउने भन्दै कामदारसँग अन्तरवार्ता लिइरहेको खुलासा भएको छ । अन्जली ओभरसिर्ज प्रालि, विएस म्यानपावर प्रालि, सक्सेज डेभलमेन्ट म्यानपावर, टाटइनिक म्यानपावर प्रालि ओभरसिजले मलेसिया लैजाने भन्दै कामदारसँग अन्तरवार्ता लिइरहेको उजुरी वैदेशिक रोजगार विभागमा परेको छ ।

मलेसियाको रोजगारी जेठ महिनादेखि खुल्छ भन्दै अञ्जली ओभरसिजले अन्तरवार्ता लिएको स्यांङजाका एक युवाले नाम नबताउने सर्तमा जानकारी दिए । उक्त म्यानपावरले मलेसिया सुरक्षा गार्डमा पठाउने भन्दै आफूसँग राहदानी र अन्तवार्ता लिएको ती युवाले खबरहवलाई जानकारी दिएका छन् ।

उनकाअनुसार अन्जली म्यानपावरले हाल पनि उपत्यका बाहिरका शाखा कार्यलयबाट मलेसिया जाने कामदारसँग अन्तवार्ता लिइरहेको छ ।

यसैगरी मलेसियाको रोजगारी नखुल्दै राजधानीकै अर्को बीएस ओभरसिज प्रालिले पनि कामदारसँग अन्तरवार्ता लिएको भन्दै वैदेशिक रोजगार विभागले गत शुक्रबार छापा मारेको थियो । उक्त म्यानपावरका सञ्चालक भिमबहादुर सापकोटालाई विभागले यो विषयमा स्पष्टीकरण समेत लिएको छ ।

त्यसैगरी, सक्सेज म्यानपावर प्रालि, टाइटनिक म्यानपावर प्रालिले पनि मलेसिया रोजगारीमा पठाउने भन्दै हाल धामधाम अन्तरवार्ता लिइरहेको जनाइएको छ । मलेसियाको रोजगारी नखुली दर्जनभन्दा धेरै म्यानपावर प्रालिले नयाँ श्रम स्वीकृति नखुलाई मलेसिया रोजगारीमा पठाउने भन्दै अन्तरवार्ता लिइरहेका छन् ।

मलेसिया रोजगारी खुल्ने निश्चित नभइ म्यानपावर कम्पनीले अन्तवाता लिइरहेको विषयमा निगरानी भइरहेको वैदेशिक रोजगार विभागका निर्देशक हरि ज्ञवालीले बताए ।

बी.एस. ओभरसिजले मलेसियाको लागि नयाँ डिमाण्ड आएको भन्दै कामदारहरु छनोट गर्न अन्तर्वार्ता लिएको उजुरी विभागमा परेपछि म्यानपावरमा छापा मारेको विभागका निर्देशक हरि ज्ञवालीले बताए ।

उनले भने, ‘मलेसिया कामदार पठाउने भन्दै अन्तरवार्ता लिने म्यानपावरका विषयमा विभागले अनुसन्धान गरिरहेको छ । यसरी कामदारलाई झुक्याएर अन्तरवार्ता लिने म्यानपावरलाई कानूनी कारबाही हुन्छ । विभागमा कामदारले दिएको सूचनाको आधारमा विभागले छापा मार्ने तयारी पनि गरिरहेको छ ।’

सरकारले मलेसिया रोक्नुअघि मलेसिया कलिङ भिसा लागेर जान नपाएका कामदार हकमा श्रम मन्त्रालयले गत चैत अन्तिमदेखि श्रम स्वीकृति खुल्ला गरेको थियो ।

मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य मेडिकलको छनोट गरिरहेका छ । जसका कारण मलेसियाको रोजगारी खुल्न केही समय लाग्ने श्रम मन्त्रालयले जानकारी दिएको छ ।

हल्लाका पछि लागेर अन्तरवार्ता नदिन श्रम मन्त्रालयले अपिल समेत गरेको छ । मलेसयाको रोजगारी खुल्न असारसम्म लाग्न सक्ने श्रम मन्त्रालय स्रोतको भनाइ छ । हाल स्वास्थ्यलगयात अन्य प्रक्रियाका विषयमा दुई देशबीच छलफल भइरहेको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ७ : २१ बजे

वैज्ञानिक समाजवादी नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै

काठमाडौं – वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा

भक्तपुरका नागरिकसँग महेश बस्नेतको प्रतिबद्धता- अधुरा विकास योजना पूरा गर्नेछु

काठमाडौं– नेकपा (एमाले)का सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाहरू

कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान सुरु भएको छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो

युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच लागू भएको

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने

कञ्चनपुर– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका