एन्फा ‘डे’मा पुन: जुर्मुराउँदै गरेको फुटबलको चर्चा | Khabarhub Khabarhub

एन्फा ‘डे’मा पुन: जुर्मुराउँदै गरेको फुटबलको चर्चा



काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले वैशाख २२ गतेलाई ‘एन्फा डे’ का रुपमा मनाएको छ । आइतबार राजधानीमा भव्य कार्यक्रमको आयोजना गरी नयाँ कार्यसमिति चयन भएको दिन बैशाख २२ गतेलाई एन्फा दिवसका रुपमा मनाइरहँदा खेलाडीहरुमा भने उत्साह देखिन्थ्यो ।

लामो समयदेखि अन्योलतामा अल्झिएको नेपाली फुटबल पछिल्लो एक वर्ष केही जुर्मुराएको थियो । ४ वर्षदेखि ठप्प शहीद स्मारक ए डिभिजन लिगदेखि विभिन्न उमेर तथा डिभिजनका लिगहरु शुरु भए । जसलाई खेलाडी तथा नेपाली फुटबलका जानकाररुले सुखद संकेतका रुपमा व्याख्या गरेका छन् ।

उनीहरु भन्छन्,‘प्रतियोगिता नभएर लामो समय सुस्ताएको नेपाली फुटबल चलाएमान भयो ।’

तर, कतिपय विश्लेषकले भने प्रतियोगिता आयोजना गरेपनि त्यसले नयाँ रुप लिनुको सट्टा काम चलाउ गरेको टिप्पणी गरेका छन्। रेलिगेसन विना लिग सञ्चालन गर्दा कुनै पनि क्लबले पछि झारा टार्ने किसिमले प्रस्तुत भएको उनीहरुको दावी छ ।

यद्यपि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आगामी वर्षहरुमा रेलिगेशनसहितको लिग सञ्चालन गर्ने सार्वजनिक रुपमा बोलिरहेका छन् ।

नयाँ कार्यसमिति आएपछि पहिलो पटक नेपाली फुटबलमा पहिलो पटक यति ठूलो सम्मान कार्यक्रम आयोजना गरिएको हो । जसमा विभिन्न ११ विधामा खेलाडी तथा नेपाली फुटबलमा योगदान दिने व्यक्तिहरु सम्मानित भए ।

जसमा युवा खेलाडीहरुलाई इर्मजिङ प्लेयर्स अवार्ड प्रदान गर्दा आफ्नो जीवन फुटबलका लागि सुम्पिएका व्यक्तिलाई ‘लाइफटाइम अचिभ्मेन्ट अवार्ड’ प्रदान गरियो । त्यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षक, रेफ्री, जिल्ला, क्लब, अन्तर्राष्ट्रिय क्षेत्रमा सहभागीता जनाउँदै नेपाललाई चिनाउन सफल खेलाडीलाई एन्फाले सम्मान गरेको छ ।

जसमा इमर्जिङ खेलाडीको अवार्ड पुरुषतर्फ यु–२३ राष्ट्रिय टोलीका खेलाडी अभिषेक रिजालले पाउँदा महिला तर्फ राष्ट्रिय महिला टोलीकी सदस्य मञ्जली कुमारी योञ्जनले प्राप्त गरिन् ।

यता, वर्षको उत्कृष्ट प्रशिक्षकमा राष्ट्रिय महिला टोलीका प्रशिक्षक हरि खड्काले पुरस्कार पाउँदा वर्षको उत्कृष्ट रेफ्रीमा पुरुषतर्फ लभ खत्रीले पाए भने महिला तर्फ अस्मिता मानन्धरले पाइन् ।

महिला साफ च्याम्पियनसिप सफलताका साथ सम्पन्न गर्न सफल भएको मोरङ फुटबल संघले ‘फुटबल क्लब अफ दि इयर’ को अर्वाड पाउँद शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लबले वर्ष क्लबको अवार्ड हात पार्यो ।

यस्तै, अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गरिरहेका दुई खेलाडीलाई पनि एन्फाले समान एक–एक लाख नगदसहित सम्मान गरेको छ । एन्फाले भुटानी क्लबबाट खेलिरहेका किरणकुमार लिम्बु र इन्डोनेसियामा खेलिरहेका रोहितकुमार चन्दलाई सम्मान गरेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीमा १५ वर्षभन्द बढी समय बिताएका स्टार खेलाडी जुमानु राई र राष्ट्रिय महिला टोलीकी पूर्व कप्तान तथा सर्वाधिक गोलकर्ता अनु लामा विषेश योगदान गर्ने खेलाडीको अर्वाड हात पारे । खेलाडी द्वयले समान १५–१५ लाख हात पारेका हुन् ।

यस्तै,‘लाइफटाइम अचिभ्मेन्ट अवार्ड’ बाट नेपाली फुटबलका क्षेत्रमा लामोसमय बिताएका भगिरथ आले (मामा)ले प्राप्त गरे । उनले अवार्डसहित ३ लाख ५० हजार नगद पनि पाएका थिए । अन्य सबै विधाका विजेताले समान एक–एक लाख प्राप्त गरे ।

खेलाडी सम्मान कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले एन्फा अध्यक्ष शेर्पाको प्रसंशा गर्दै आगामी दिनमा अझै राम्रा काम हुनेमा विश्वास व्यक्त गरे ।

उनले भने,‘कर्माजी को कार्यसमितिले गरेका काम प्रसंशनीय छन् । आगामी दिनमा अझै राम्रो अपेक्षा मैले यहाँहरुबाट गरेको छु ।’

कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले खेलकुदका कार्यक्रममा प्रमुख अतिथिका रुपमा खेलकुदका व्यक्तिहरुलाई बोलाउन पनि आग्रह गरे । उनले भने,‘यस्ता कार्यक्रमहरुमा हामी राजनीतिज्ञलाई नबोलाउन म यहाँहरुलाई आग्रह गर्दछु । यस्ता कार्यक्रमहरुमा यही क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई प्रमुख अतिथिका रुपमा बोलाउनुहोस् । हामी नेताहरु त हेर्न मात्रै भएपनि आइहाल्छौं ।’

एन्फा अध्यक्ष शेर्पाले नयाँ कार्यसमिति आएपछि एन्फा नयाँ मोडलमा अगाडि बढिरहेको बताए । उनले विभिन्न नीतिगत कुरामा एन्फा स्पष्ट भइसकेको र सुशासन कायम गर्ने कुरामा प्रतिवद्ध रहेको बताए । उनले खेलाडीको हौसला बढाउने कुरामा कहिल्यै पनि पछि नपर्ने स्पष्ट पारेका छन्।

यसअघि वर्ष खेलाडीका रुपमा आयोजना गर्ने गरिएको कार्यक्रम व्यवस्थित रुपमा अगाडि बढेको भन्दै विशेष योगदानबाट सम्मानित भएका जुमानु राईले यस्ता कार्यक्रमहरुले खेलाडीलाई अझै राम्रो गर्न हौसला प्रदान गर्ने बताए ।

उनले भने,‘खेलाडीले सधै देशका लागि खेल्छन् । यसरी सम्मान गर्दा खेलाडीहरुमा पनि देशप्रतिको जिम्मेवारी अझै बढी भएजस्तो लाग्छ । यसले अन्य खेलाडीलाई अझै राम्रो गर्न पनि हौसाउने छ ।’

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १० : ०६ बजे

वित्तीय समानीकरण अनुदान कटौती नगर्न सरकारलाई चेतावनी, ७ अर्ब ९५ करोड  निकासा गर्न माग

पोखरा– गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले सरकारले

पञ्चेबाजा र हुर्केउली संस्कृतिको जगेर्ना गर्दै जगन्नाथ 

धनगढी– संस्कृति र सभ्यता मानव समाजका सम्पत्ति हुन् । मानवको परिचय

देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं– देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा

क्लब विश्वकप : युभेन्ट्समाथि म्यानचेस्टर सिटीको फराकिलो जित

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको बिहीबार राति भएको

रित्ता कक्षाकोठा रुँगेर बस्दै गाउँका शिक्षकहरू, छैनन् विद्यार्थी

म्याग्दी– विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र