मुख धुदा ख्याल नगरे अनुहार नै बिग्रने खतरा! « Khabarhub

मुख धुदा ख्याल नगरे अनुहार नै बिग्रने खतरा!


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मानिसको पहिलो परिचय उसको अनुहार हो । अनुहार राम्रो भएको व्यक्ति सबैको नजरमा पर्छ । यदी अनुहारमा कुनै दाग वा खत भए पनि उ सबैको नोटिसमा पर्छ ।

यस्तो संवेदनशील भाग अनुहार दैनिक सफा गर्नुपर्छ । तर थोरै असावधानीले अनुहारमा हानी पनि पुग्नसक्छ । त्यसैले अनुहारलाई जोगाइराख्न तपाईले थोरै सावधानी अपनाउनै पर्छ ।

बिहानै सबेरै उठेपछि सबैको मुखधुने बानी हुन्छ । यो राम्रो हो । तर अनुहारलाई अझ राम्रो, मुलायम र सफा बनाउन मुख धुने बेलामा धेरै ख्याल गर्न आवश्यक छ ।
मुख धुदा ख्याल गर्नुपर्ने टिप्स:

१ मुख हल्का मन तातो पानीले धुनुपर्छ ।
२. अनुहारको छाला धेरै नै नरम हुने भएकाले बढी रगेडिएमा असर पर्छ ।
३. मुख धोएपछि नरम र सफा कपडाले अनुहार पुछ्नु पर्छ । पुछ्दा पनि धेरै रगेड्नु हुँदैन ।
४. अनुहारको मसाज राम्रो मानिएपनि राम्रो र फाइदा गर्ने तेलको प्रयोग गर्नुपर्छ ।
५. हतारमा सफा र मसाज गर्नु हुँदैन । ध्यान दिएर अनुहारको सफाइ गर्नुपर्छ ।
६. अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग गर्नु हुँदैन ।
७. फेसवास अथवा साबुन पानीले धुदा धेरै रगेड्नु हुँदैन ।
८. अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनु राम्रो मानिन्छ ।
९. अनुहारमा लगाउने क्रिम वा कुनै उत्पादन छालाको प्रकृति अनुसार मिल्ने खालको हुनुपर्छ ।
१०. अनुहारलाई हानी पुर्‍याउने क्लिनरको कहिल्यै प्रयोग गर्नुहुँदैन ।
नगर्नुस् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ६ : ३० बजे

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

झापा– सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा