रंगशालाबारे धुर्मुसले भने-विनास र ध्वंसमा लाग्ने ऊर्जालाई विकासमा लगाउनुस् « Khabarhub

रंगशालाबारे धुर्मुसले भने-विनास र ध्वंसमा लाग्ने ऊर्जालाई विकासमा लगाउनुस्


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाका विषयमा धारणा फेसबुकमार्फत सार्वजनिक गरेका छन् । रंगशाला निर्माणकै क्रममा केही समूहले रंगशालाको बार भत्काएपछि आएका समाचार र टिका टिप्पणीप्रति आफ्नो गम्भिीर ध्यानाकर्षण भएको भन्दै विनास र ध्वंसमा लाग्ने उर्जा विकासमा लगाउन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा निकै लामो स्टाटस लेखेका छन् । स्टाटसमा लेखिएको छ– ‘त्यति धेरै गरीवका घर, पीडितका बस्ती बनाईरहँदा केही भुँमिहिनहरुलाई जग्गा खरिद गरेर समेत एकीकृत नमुना बस्ती बनाएर आएका अभियान्ता भएको हुनाले कसैको घर ध्वस्त पार्ने, जग्गा रित्याउने र कसैलाई सुकुम्वासी बनाउने बिल्कुलै मनसाय होईन् ।’

उनले रङ्गशाला निर्माणकै कारणले कसैको जग्गा जाने, कसैको घर उठिवास हुने अवस्था नरहेको पनि जानकारी गराएका छन् । उनले आफूहरुको संकल्प कसैलाई सुकुम्बासी बनाउन, नकारात्मक प्रभाव पार्ने उद्देश्यले नभएर सबैको हितलाई केन्द्रमा राखेर गरिएको स्पष्ट पारेका छन् ।

उनले काममा बाधाव्यवधान नआउने हो भने भनेकै मितिमा पूरा गर्ने समेत जनाएका छन् । ज्ञानबस वा अज्ञानताबस जसले यो गल्ती गरेको भए पनि आगामी दिनमा नगरिदिनुहुन उनले अनुरोध गरेका छन् ।

उनले रंगशालाको पक्ष र विपक्ष भएर एउटै परिवारका हामी सबै नेपाली विभाजन नभइदिन र अनावश्यक झैझगडामा नलागीदिन सबैँमा आग्रह गरेका छन् ।

अन्त्यमा उनले लेखेका छन्– ‘जे नहुनु थियो त्यो भयो । अब त्यसमा पछुतो, वादविवाद र टिकाटिप्पणी गरेर घटनालाई गिजोल्ने गरेर समय व्यतित गर्नुभन्दा आगामी दिनमा यस्तरी कसैको पसिनाको अपमान हुने र अरु कसैको नोक्सानी हुने काममा नलागीदिन र अभियानको अभियान्ता बनिदिनुहुन पनि हामी सम्पूर्णमा आह्वान गर्दछौँ ।’

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ५ : ३५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह