प्रचण्डले भने-जाति, धर्म सबै मिलेर देश समृद्ध बनाउनुपर्छ « Khabarhub

प्रचण्डले भने-जाति, धर्म सबै मिलेर देश समृद्ध बनाउनुपर्छ


२२ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले जाति, धर्म, क्षेत्र, लिंग र समूदायको सामुहिक प्रयासबाट देश समृद्ध बन्ने बताएका छन् ।

मुस्लिम समुदायको महान् चाड ईद उल-फित्रको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले यो चाडले नेपाली समाज बहुभाषिक, बहुसांस्कृतिक, अनेक धर्मसँगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितिमा विश्वास गर्छ भन्ने कुराको सन्देश दिएको बताए । प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता हो भनेका छन् ।

प्रचण्डले सन्देशमा लेखेका छन्, ‘हामी देशको आर्थिक समृद्धिको चरणमा छौं । लामो समयको प्रतिक्षा पश्चात देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको छ । सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव छ ।’

यस चाडले नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरी देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्ने प्रचण्डको विश्वास छ ।

Image may contain: text

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार  ७ : ३४ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान