इटहरीका मेयरको धम्की- ‘अब तेरो नाकको हड्डी भाँच्न बाँकी छ’ | Khabarhub Khabarhub

इटहरीका मेयरको धम्की- ‘अब तेरो नाकको हड्डी भाँच्न बाँकी छ’


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई नाकको हड्डी भाँच्ने धम्की दिएका छन् ।

इटहरीकै पत्रकार विराट अनुपमलाई फोन गरी उनले अपशब्द बोल्दै अब तेरो नाकको हड्डी भाँच्न बाँकी छ भन्दै धम्क्याएका हुन्। आफ्नो फेसबुक पोस्टमा चाटुकार पत्रकार भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर फोन गरेका अनुपमलाई मेयर चौधरीले धम्की दिएका हुन् । उनले अनुपमकै स्टाटसमाथि कमेन्ट लेख्दै अब तिम्रो पालो समेत लेखेका थिए।

फोनमा उनले भनेका छन्, तिमीले के के लेख्न बाँकी राख्या छौ ? तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याको छु। एउटा घडेरी छुट्याको छु। तेरो नाकको हड्डी भाँच्न मात्रै बाँकी छ, उनले भनेका छन्, अब म गुण्डागर्दीमै उत्रिएँ। तेरो नाकको हड्डी भाँचेर मात्रै मलाई सन्तोष हुन्छ भाइ।’

यसअघि कर्मचारी कुटेको र पत्रकार लोपारेको विषयमा आलोचना भएपछि उनी काठमाडौं पुगेका थिए। गत जेठ ८ गते मेयर चौधरीले इहटरी उपमहानगरपालिका वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्का समेत कुटेका थिए । उक्त घटनापछि कर्मचारीहरुले मेयरविरुद्ध आन्दोलनकै घोषणा गरेका थिए।

पहिलैदेखि उदण्ड द्वारिका

स्थानीय तहको निर्वाचनमा आदीवासी जनजाती कोटामा इटहरी उपमहानगरको मेयरका लागि तत्कालीन एमालेले उनको नाम फाइनल गरेको थियो ।

धेरैको विरोधकाबीच पार्टी केन्द्रीय कमिटीले उनको नाम निर्णय गरेको थियो । पहिलो संविधानसभाका बेला तत्कालीन एमाले देशैभर कमजोर बनिरहेका बेला संगठन निर्माण गर्नुको साटो चौधरीले ‘थारु नसमेटेको’ भन्ने स्टन्ट देखाउँदै राजीनामाको घोषणा समेत गरेका थिए ।

तर, अन्यत्र कतै ठाउँ नपाउने भएपछि जिल्ला कमिटीमा बस्न बाध्य भए । जिल्ला कमिटीमा पनि नेतृत्व नपाएको झ्वाँकमा विभिन्न व्यक्तिसँग उनको विवाद कायमै रहेको थियो । जिल्लाका कतिपय नेतासँग उनले मुखामुख गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ७ : ५५ बजे

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो