‘जल पर्यटन आर्थिक समृद्धिको आधार’ « Khabarhub

‘जल पर्यटन आर्थिक समृद्धिको आधार’


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल घुम्न आउने पर्यटकको संख्या बढाउन जल पर्यटनलाई ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल वाटर स्पोर्ट एण्ड पावर बोट एशोसिएसनले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागीले नेपालमा जल पर्यटनको अथाह सम्भावना भएपनि राज्यले त्यसको सदुपयोग गर्ने गरी काम गर्न नसकेको आरोप लगाएका छन् ।

कार्यक्रममा सांसद भवानी खापुङले नेपालमा जल पर्यटनको क्षेत्रमा अथाह सम्भावना भए पनि त्यसको खोजी नभएको बताइन । यसको सम्भावनाको खोजीका लागि सरकारी तथा गैर सरकारी निकाय लाग्नुपर्ने उनको भनाई छ । हेर्दा सामान्य लाग्ने, तर गम्भीर सम्भावनाको यो क्षेत्रको विकास गर्न आफू लागि पर्ने पनि खापुङले प्रतिबद्धता जनाइन ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सम्भावना भएका र साहसिक तथा पर्यटकीय खेलकुदको विकासका लागि आवश्यक पहल गर्ने योजनासहित विभागले काम गरिरहेको बताए ।

कार्यक्रममा सहभागी सामुदायिक वन उपभोक्ता महासंघ नेपालका महासचिव विर्षवहादुर शाहीले नेपालको पर्यटन प्रवद्र्धनको लागि वन क्षेत्रको महत्वपुर्ण भूमिका रहे पनि पुराना ऐन, नियम, कानुन बन, प्रकृति र पर्यटनको लागि सहयोगी नभएकाले त्यसको शंशोधन गरी वन क्षेत्रवाट पर्यटनको प्रवद्र्धन गर्न आफूहरु तयार रहेको बताए ।

आफूहरुले जल पर्यटनलाई व्यवसाय र खेलकुदसँग जोड्ने योजनासहित काम गरिरहेको पावर बोट एसोसिएसनका अध्यक्ष रमन भट्टराईले बताए ।

सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियानमा आफूहरुले पनि हातेमालो गर्दै अघि बढेको बताउँदै पावर बोट एसोसिएसनका सचिव राम भट्टराईले नेपालको अथाह जल सम्पदालाई प्रयोग गरेर आर्यआर्जन गर्ने दिशातर्फ सबै जुट्नुपर्ने बताए ।

‘थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने व्यवसाय पर्यटन व्यवसाय हो,’ भट्टराईले भने, ‘त्यसमा पनि जल पर्यटनको सम्भावना धेरै छ । नेपालका प्रत्येक नदीनाला, तालतलैया, झरना र पानीका सबै स्रोत आम्दानीका क्षेत्र हुन् । यसको पहिचान गरेर सरकारले काम गर्न आवश्यक छ ।’ सरकारले जल क्षेत्रमा काम गर्ने सहज नीति बनाए आफूहरु जलबाट आर्थिक समृद्धि सम्भव छ भन्ने देखाउने गरी काम गर्न लागेको पनि भट्टराईले बताए ।

नेपालमा जल क्षेत्रको अध्ययन र विश्वब्यापी सम्भावना खोजी, आवश्यक कामको सहजीकरण र प्रवद्र्धन गर्नको लागि नेपाल वाटर स्पोर्ट एन्ड पावर बोट एसोसिएसनले काम गर्दै आएको पनि सचिव भट्टराई बताए।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ९ : २४ बजे

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६