ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ असारमा रिलिज हुने « Khabarhub

ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ असारमा रिलिज हुने


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा आधारित रही निर्माण गरिएको ऐतिहासिक चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को रिलिज मिति तय गरिएको छ । निर्माण टिमले यो फिल्म आउँदो असार १३ गतेदेखि प्रदर्शन हुने जनाएको छ ।

प्रदीप खड्गीले निर्देशन गरेको यो फिल्म फोकस पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । यो फिल्म पूर्ण हुन झण्डै ५ लागेको थियो । यसअघि नै फिल्म रिलिज हुने भनिए पनि राजनैतिक कारणले गर्दा फिल्मले प्रदर्शनको अनुमति पाएको थिएन ।

‘ऐतिहासिक चलचित्र बनाउने वर्षौंको सपना अब साकार भयो, आफु कीर्तिपुरवासी भएकै नाताले पनि रहस्यको गर्वमा रहेको कीर्तिपुर आक्रमणको घटनालाई चलचित्रमा उतार्न पाउँदा उत्साहित छु’, निर्देशकले भने ।

साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित चलचित्र ‘कीर्तिपुर’ मा विगत ८ वर्षदेखि अध्ययन गर्नुका साथै सम्बन्धित व्यक्तित्वसँगको समन्वयमा चलचित्र निर्माण गरिएको निर्माण टिमले जनाएको छ । चलचित्रमा पुरानै जीवनशैली, भौतिक संरचना तथा परिवेश सन्तुलित गर्न थप समय लागेको कला निर्देशक केके मानन्धरले जानकारी दिए ।

फिल्ममा भीएफएक्स प्रविधिको प्रयोग गरिएको छ । यस्तै चलचित्रको शीर्ष भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित आदि कलाकारहरु छन् भने विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ निर्माताका रुपमा रहेका छन् । यस्तै चलचित्रमा शंकर महर्जन र नविन जोशीले चलचित्रको छायांकन देख्न सकिनेछ ।

राजा पृथ्वीनारायण शाहको नेपाल एकीकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले चित्रण गरिएको भनिएको यो चलचित्रलाई अहिले आएर गृह मन्त्रालयले प्रदर्शनको अनुमति दिएको निर्देशक खड्गीले जानकारी दिए । सेन्सर बोर्डले यो चलचित्रलाई यूनिभर्सल सर्टिफिकेट दिएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ११ : १७ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज