तपाईंको सानो गल्तीले गुम्न सक्छ सुन्ने शक्ति, यसरी गर्नुहोस् कानको हेरचाह « Khabarhub

तपाईंको सानो गल्तीले गुम्न सक्छ सुन्ने शक्ति, यसरी गर्नुहोस् कानको हेरचाह


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कान मानिसको प्रमुख ज्ञानेन्द्रियमध्यको एउटा महत्पूर्ण अङ्ग हो । कानको बाहिरी आकृतिले मानिसको शारीरिक शोभा बढाउने काम गर्दछ । कान मानिसको अनुहारको दायाँ र बायाँ भागमा हुन्छ । कानको मुख्य काम सुन्ने र शरीरलाई सन्तलुनमा राख्ने हो । कान बाह्य, मध्य र भित्री भागमा विभाजित हुन्छ ।

कानको बाह्य भाग, जुन सिमि आकारको मांसपेशी र कुरकुरे हड्डीबाट बनेको हुन्छ । मध्य भागमा ३ ओटा स–साना हड्डी हुन्छन्, जसलाई घन, अचानो र रिकाप भनिन्छ । कानको मध्य भागको एउटा नलीद्धारा नाक र घाँटीसँग जोडिएको हुन्छ । भित्री भागमा तरल र विशेष किसिमका तन्तुहरु रहेको हुन्छ ।

बाहिरबाट आएको आवाज कानको प्वाल, जाली हड्डी हुँदै भित्री भागमा प्रवेश हुन्छ । त्यहाँ सुनाइ र सन्तुलन सम्बन्धी विशेष काम हुन्छ । सो तरङ्गको रुपमा नसाहरुले मस्तिष्क वा केन्द्रसम्म पुर्‍याउँछ र प्रतिउत्तरको लागि वातावरण तयार हुन्छ । यदि कानको अवस्था ठीक छैन भने आवाज ग्रहणता र प्रतउत्तरमा पनि बाधा पुग्न जान्छ । साथसाथै शरीर असन्तुलन हुन पनि सक्छ । कानमा हुने समस्या तथा रोगको समयमा उपचार गरिएन भने जीवनभर नै पूरा बहिरो वा अर्ध बहिरो भएर बाँच्नुपर्ने हुन्छ । त्यसैले स्वस्थ जीवनको लागि स्वथ्य काम महत्पूर्ण हुन्छ ।

कानमा हुने समस्या

–कान दुख्ने,

–कान पाक्ने, कानबाट पीन, पानी र रगत मिश्रित झोल पदाथए बग्नु,

–कानको सुनाइ कम हुने,

–कान कराउने,

–कानको वरिपरी सुन्निने,

–कान चिलाउने,

–रिंगटा लाग्ने ।

कानमा समस्या यसकारण देखिन्छ

–कानेगुजी भरिनु,

–बाहिरी, मध्य र भित्री कानमा रोगको संक्रमण,

–कानका हड्डी जाम हुनु,

–उमेर बढ्दै जाँदा कानको नसा सुक्दै जानु,

–मेनिन्जाइटिस्, इन्सेफलाइटिस्, टाइफाइड आदि रोगहरु लाग्नु,

–चोटपटक लाग्नु,

–कानभित्र मासु पलाउनु,

–ध्वनी प्रदूषण ।

कसरी सचेत रहने ?

–कानभित्र पानी पस्न नदिने,

–कानमा तेल वा कुनै तरल पदार्थ नराख्ने,

–कान कोट्याउने काम नगर्ने,

–रुघा लाग्दा सचेत रहने,

–बच्चालाई खानेकुरा वा तरल पदार्थ खुवाउदा बसाएर वा टाउकोलाई माथि बनाएर खुवाउने ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  १२ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै