जेलभित्रै इमरान खानको ‘हत्या’को खबर फैलिएपछि सनसनी, हजारौँ समर्थक प्रदर्शनमा उत्रिए « Khabarhub

जेलभित्रै इमरान खानको ‘हत्या’को खबर फैलिएपछि सनसनी, हजारौँ समर्थक प्रदर्शनमा उत्रिए


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जनवरी २०२५ देखि रावलपिन्डीको जेलमा छन्। उनले बारम्बार जेल प्रशासनबाट दुर्व्यवहार र उत्पीडन भएको उजुरी दिएका छन्।

तर, पछिल्लो पटक इमरान खानको हत्या भएको भन्ने अफवाह तीव्र गतिमा फैलिएको । उनका तीन दिदी-बहिनी नोरीन, अलीमा र उज्माले जेलभित्र आफ्ना भाइसँग भेट गर्न अनुमति मागिरहेका छन् । तर उनीहरूलाई त्यो अनुमति दिइएको छैन । उनीहरूले जेलमा इमरानमाथि क्रूरतापूर्वक आक्रमण गरिएको आरोप लगाएका छन्।

तर, सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भए जस्तो अहिलेसम्म इमरान खानको मृत्यु भएको कुनै ठोस प्रमाण नभेटिएको इन्डिया टुडेले उल्लेख गरेको छ।

हत्याको खबर फेलिएपछि बुधबार दिनभर हजारौँ समर्थकहरूले रावलपिन्डीको अदियाला जेलमा धर्ना दिएका छन् । सामाजिक सञ्जालमा इमरान खान जेलमा मारिएको भन्ने अफवाह फैलिरहेको छ। सामाजिक सञ्जाल एक्स लगायतका प्लेटफर्ममा #इमरानखान ट्रेन्ड हुँदै विभिन्न पोस्टहरू फैलिएका छन् ।

यो अफवाह ‘अफगानिस्तान टाइम’ नामक एक्स ह्यान्डलबाट ब्रेकिङ न्यूजका रूपमा सुरु भएको थियो। उक्त पोस्टमा भनिएको छ, ‘पाकिस्तानको एक विश्वासिलो स्रोतले अफगानिस्तान टाइम्सलाई पीटीआई अध्यक्ष इमरान खानको रहस्यमय रूपमा हत्या गरिएको पुष्टि गरिएको छ । उनको शव जेलबाट बाहिर लगिएको छ।’

बहिनीहरूको मुद्दा

रावलपिन्डी अदियाला जेलमा इमरान खानसँग भेट्न तीन दिदी–बहिनीलाई २१ दिनदेखि अनुमति दिइएको छैन। उनीहरूले पाकिस्तानको पञ्जाब प्रान्तका आईजीसामु यसबारे उजुरी दिएका थिए।

उजुरीपछि लाखौं समर्थक जेलबाहिर जम्मा भए। यस क्रममा उनकी दिदी–बहिनीहरू पनि जेलबाहिर प्रदर्शनमा सहभागी भएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ३ : ५९ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा