कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा सेवाग्राहीको चाप बढ्यो « Khabarhub

कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा सेवाग्राहीको चाप बढ्यो


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर– बन्द रहेको जग्गा कित्ताकाट सेवा पुनः सुचारु भएसँगै नापी कार्यालय भोजपुरमा सेवाग्राहीको चाप बढेको छ ।

करिब चार महिनादेखि रोकिएको कित्ताकाट प्रक्रिया कात्तिक २७ गतेदेखि खुल्नेबित्तिकै व्यक्तिगत जग्गा किनबेच, घर नक्सा पास, धितो राख्ने तथा अन्य कानुनी प्रक्रियाका लागि सेवा लिन आउनेको भीड बढेको कार्यालयले जनाएको छ ।

नापी कार्यालय भोजपुरका प्रमुख सागर गिरीका अनुसार, सरकारले विसं २०८३ असार मसान्तसम्मलाई लक्षित गरी अस्थायी रूपमा कित्ताकाट खुलाएपछि सर्वसाधारणले लामो समयदेखि रोकिएको आफ्नो काम अघि बढाउन थालेका छन् ।

‘कित्ताकाट रोकिएको अवस्थामा धेरै सेवाग्राहीको काम भएको थिएन’, उनले भने, ‘अहिले सेवा खुलेसँगै दैनिक सेवाग्राहीको चाप बढेको छ । सेवाग्राहीले कित्ताकाटको सेवा लिन अवसर पाएका छन् । कित्ताकाट नहुँदा सेवाग्राहीको उपस्थिति न्यून थियो ।’

भोजपुरको नापी कार्यालयबाट सातवटा स्थानीय तहले नियमित रूपमा सेवा लिने गरेका छन् । उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले दिङ्लास्थित मालपोत कार्यालयको शाखाबाट सेवा लिँदै आएका छन् ।

कार्यालयका अनुसार, जिल्लाका नौ वटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिकाले मात्रै भूमिको वर्गीकरणसम्बन्धी काम पूरा गरिसकेको छ । बाँकी स्थानीय तहले भने भूमिको वर्गीकरण प्रक्रिया अझै सम्पन्न गर्न सकेका छैनन् । अब सरकारले तोकेको अवधिभित्र, २०८३ असार मसान्तभित्र सबै स्थानीय तहले वर्गीकरण पूरा गरी  सक्नुपर्ने कार्यालयको भनाइ छ ।

भूमिको वर्गीकरण अधुरो हुँदा कित्ताकाट रोकिँदा सर्वसाधारणले व्यक्तिगत जग्गा बेचबिखन, धितो राखेर कर्जा लिने, कित्ताकाट गरेर अंशबन्ड गर्नेलगायतका काममा समस्या भोग्दै आएका थिए । 
 

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ४ : ०२ बजे

पोखरा विश्वविद्यालयका चार संकायमा डिन नियुक्तिका लागि आवेदन आह्वान

पोखरा – पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाका आधारमा डिन

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक