बुधवार नै रिलिज भयो सलमान खानको ‘भारत’ « Khabarhub

बुधवार नै रिलिज भयो सलमान खानको ‘भारत’


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – ईदको अवसर पारेर बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ बुधवार नै रिलिज भएको छ । नेपाली चलचित्र प्राय: शुक्रवार प्रदर्शन गरिने परम्परा रहे पनि विदेशी चलचित्र भने चाडबाडमा शुक्रवारभन्दा अघि नै प्रदर्शन हुने गरेका छन् ।

दुई दिनअघि प्रदर्शन हुँदा सलमान खानको फिल्म ‘भारत’ ले नेपालमा पनि उच्च शो पाएको छ । मल्टिप्लेक्स हलमा फिल्मले अन्य फिल्मको तुलनामा बढी शो पाएको छ । फिल्मले मंगलवार नै अग्रिम बूकिङ खुलाएको थियो ।

शुरुमा ‘भारत’ चलचित्र विकास बोर्डको अडानका कारण  शुक्रवार नै रिलिज हुने भनिए पनि फिल्मका नेपाल वितरकले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएका थिए । मुद्दाको सुनुवाइ गर्दै अदालतले यो फिल्मलाई बुधवार रिलिज गर्न अन्तरिम आदेश दिएको थियो । कतिपयले विदेशी फिल्म शुक्रवारभन्दा पहिले नै हलमा रिलिज हुँदा नेपाली फिल्मकर्मी मारमा परेको भन्दै गुनासो गरेका छन् ।

सलमान खानको फिल्म ‘भारत’ भारतमा ४ हजार स्किृनमा लागिरहेको छ । नेपालमा पनि यो फिल्मले राम्रो चर्चा कमाएको छ । फिल्ममा सलमान खानका अलावा, क्याटरीना कैफ, दिशा पटानी, सुनील ग्रोबर लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । यो फिल्मले भारत र पाकिस्तानको सम्बन्धलाई देखाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ११ : ४० बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई