श्रीलंकामा ९ जना मुस्लिम मन्त्रीले राजीनामा दिँदा किन रिसाए हिन्दू सांसद ? « Khabarhub

श्रीलंकामा ९ जना मुस्लिम मन्त्रीले राजीनामा दिँदा किन रिसाए हिन्दू सांसद ?


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाको सरकारमा रहेका सबै ९ जना मुस्लिम मन्त्रीहरुले पदबाट राजनीनामा दिएका छन् । यसका साथै दुई प्रान्तीय गभर्नरले पनि राजीनामा दिएका छन् ।

यो राजीनामाले स्पस्ट भएको छ कि बुद्धधर्मावलम्वीको बाहुल्यता भएको श्रीलंकामा ईस्टरका दिन चर्चामा भएको आक्रमणपछिको अवस्था सामान्य बन्नसकेको छैन । उक्त हमलामा २५० जना मानिसको मृत्यु भएको थियो ।

अथुरालिये रतना श्रीलंकाका प्रभावशाली बौद्ध सन्यासी हुन् र उनको भोक हड्ताललाई मध्यनजर गर्दै यी मुस्लिम मन्त्रीहरुले राजीनामा दिएको बीबीसीले उल्लेख गरेको छ ।

रतनाले भनेका थिए,‘यो उनको आमरण अनशन हो र जबसम्म दुई प्रान्तिय मुस्लिम गभर्नर र एक मन्त्रीले राजीनामा दिँदैनन् तबसम्म यो जारी रहन्छ । ’

रतना राष्ट्रपतिसँग यी मन्त्रीलाई हटाउन माग गरिरहेका थिए । बोद्ध सन्यासीका अनुसार यी मन्त्रीहरुको आत्मघाती हमलाकारीसँग सम्बन्ध थियो । रतनाले आठ मुस्लिम मन्त्रीलाई निशाना बनाएका थिएनन् तर जब मुस्लिम मन्त्रीमाथि रतनाले आरोप लगाए तब सबै मुस्लिम मन्त्रीहरुले राजीनामा दिए ।

राजीनामाले के असर ?

यी मन्त्रीले राजीनामा दिँदा सरकारको स्थीरतामा कुनै पनि असर पर्दैन किनकी सांसदका रुपमा उनीहरु सरकारको साथमा छन् ।
श्रीलंका मुस्लिम कांग्रेसका सांसद राउफ हाकीमका अनुसार सरकारले आरोपहरुको जाँच गर्न सकोस् भन्नका लागि आफूहरुले राजीनामा दिएको हो ।

२१ अप्रिलमा इस्टरको दिन चर्च र होटलमा भएको आत्मघाती आक्रमणपछि श्रीलंकामा मुसलमानको पसल र घरहरुमा हमला शुरु भएको थियो । यो हमलाको सम्बन्ध इस्लामिक स्टेटसँग जोडिएको थियो ।

रउफले भने,‘यदी जाँचमा हामी कुनै पनि रुपमा दोषी पाइयौं भने जे सुकै सजाय भोग्न पनि तयार छौं, तर निर्दोष मानिसमाथि दुख दिन हुँदैन ।’

हिन्दू सांसदले के भने ?

मुस्लिम मन्त्रीहरुले राजीनामा दिएपछि हिन्दू सांसद तथा नेताले कडा आपत्ति जनाएका छन् ।

द तमिल नेशनल अलायन्स(टीएनए) का अनुसार मुस्लिम मन्त्री भेदभावको शिकार भइरहेका छन् ।

टीएनएका प्रवक्ता तथा सांसद एम सुमनतिरनले भने,‘आज उनीहरु निशानमा छन् भोलि हामी हुनेछौं र आगामी दिनमा अरु हुनेछन्, आज सबै श्रीलंकाली नागरिक साथ रहन जरुरी छ, हामी मुसलमानसँग मिलेर बस्छौं ।’

तमिल प्रोग्रेसिव अलायन्स र श्रीलंकाका हिन्दू नेता मनो गणेशणले सरकार यदी बोद्ध सन्यासी को भनाइ अनुसार चल्ने हो भने गौतम बुद्धले पनि मुलुकलाई बचाउन नसक्ने चेनावनी दिए । गणेशनले आजसम्म मुसलनमाथिको आरोप पनि सिद्ध नभएको र उनीहरु आजसम्म यस्तो गतिविधिमा संलग्न नभएको बताएका छन् ।

बुद्धधर्मावलम्बीले मुस्लिम मन्त्रीहरुलाई राजीनामाका लागि बाध्यम पारेर गौतम बुद्धको अपमान गरेको हिन्दूवादी नेताहरुको आरोप छ । यदी यस्तो रहिरहे विश्वले श्रीलंकालाई बोद्ध देशको रुपमा स्वीकार नगर्ने उनीहरुको चेतावनी छ ।

अथुरालिये रतना मन्त्रीहरुको राजीनामाको मागलाई लिएर चार दिन देखि भोक हड्तालमा थिए । यो भोक हड्ताललाई लिएर कोलम्बोमा प्रदर्शन भएको थियो । मुस्लिम मन्त्रीले राजीनामा दिएपछि रतनाले आफ्नो भोकहड्ताल समाप्त गरेका थिए ।

यसअघि सोमबार रोजा समाप्त हुनुभन्दा पहिला नौ मन्त्रिले एक पत्रकारसम्मेलन गर्दै अशान्तिलाई समाप्त गर्नका लागि राजीनामा दिएको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ११ : ३३ बजे

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले

स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते

स्याङ्जा – स्याङ्जाको विरुवा गाउँपालिकामा जिप दुर्घटना हुँदा ११ जना

फलफूल आयात सहजीकरण गर्न माग

काठमाडौं – नेपाल फलफूल व्यवसायी महासङ्घले गैरभन्सार मार्गबाट हुने अवैध