यस्तो एउटा गाउँ जहाँ कुनै पनि घरमा रङ पोतिदैन, किन होला ? « Khabarhub

यस्तो एउटा गाउँ जहाँ कुनै पनि घरमा रङ पोतिदैन, किन होला ?


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साजसज्जाका लागि विभिन्न सजावटका सामाग्रीसँगै रङको पनि विशेष भूमिका रहन्छ । त्यसैले हरेक उत्सव, मनोरञ्जन तथा कार्यक्रममा विभिन्न रङको प्रयोग हुने गर्छ । घर तथा कोठालाई सुन्दर देखाउन पनि पछिल्लो समय रङको प्रयोगले प्राथमिकता पाउने गरेको छ । रङको प्रयोग नभएको कुनै पनि ठाउँ हुँदैन । तर, एउटा यस्तो गाउँ जहाँका कुनै पनि घरमा रङ पोतिएको छैन । यो कुरा थाहा पाउँदा तपाईं अचम्मित हुनु होला । वास्तविकता भने यही नै हो । लाखौँ रुपैयाँ खर्च गरेर घरहरु निर्माण गरिन्छ । तर, रङरोगन भने गरिँदैन यो गाउँमा । रङको प्रयोग नहुने गाउँ हो भारतको मध्य प्रदेश राज्यको उज्जैनमा पर्ने कछालिया गाउँ ।

यहाँ सरकारी कार्यालय भवन तथा मन्दिरमा मात्रै रङरोगन हुन्छ । तर, निजी घरहरुमा भने कसैले पनि रङ पोत्दैनन् । यतिसम्म कि विवाह तथा अन्य समारोहमा कुनै किसिमको सजावटको कार्य हुँदैन । कछालिया गाउँ परम्परागत ढंगमा चल्दै आएको छ ।

यहाँका वृद्धवृद्धादेखि साना बालबच्चासम्मले परम्परालाई पालना गर्दै आएका छन् । कछालिया गाउँमा १४ सय मानिस बसोबास गर्छन् भने दुई सय वटा घर छन् । यतिका संख्यामा घरहरु भएपनि कुनै घरमा रङ पोतिएको छैन । रङको रुपमा मात्र हरेक घरको ढोकामा गेरु रङको प्राइमर बनाएर लगाइन्छ । कालो रङको कपडा तथा जुत्ता पनि लगाइँदैन ।

यो गाउँमा कालो रङ प्रयोगमा पूर्ण प्रतिबन्ध छ । यहाँका गाउँलेले कालो रङको कपडा र जुत्ता लगाउँदैनन् । यति मात्रै नभइ मोजा पनि लगाइँदैन । विवाह समारोहका बेला हुने पूजामा पनि कुनै रङको प्रयोग गरिँदैन । देवी–देवताको कलाकृति राखेर रङहरुको प्रयोग बिना पूजा कार्य गरिन्छ । यस्तै तिहारमा गरिने पशुको पूजा पनि रङको प्रयोग गरिँदैन । पशुहरुको सिंग रङ्गाउन रङको ठाउँमा गेरु रङको प्राइमर लगाइन्छ ।

यो गाउँमा कालेश्वर भगवानको मन्दिर रहेको छ । भगवान कालेश्वर प्रति गाउँलेको आघात आस्था र विश्वास रहिआएको छ । त्यसै कारण मन्दिर बाहेक कसैले पनि आफ्नो घरमा रङ नलगाउने गरेको मन्दिरका पूजारी रतनपुरी गोस्वामीले बताए ।

यो परम्परा पुस्तौँ पुस्तादेखि चलिआएको मानिन्छ । तर रङ किन प्रयोग नगरिएको ? यसको पछाडि के मान्यता छ ? यो विषयबारे भने कसैलाई कुनै जानकारी छैन ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  १२ : १८ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान