भारतले पहिलो खेल खेलेपछि विश्वकप फेरिने ! « Khabarhub

भारतले पहिलो खेल खेलेपछि विश्वकप फेरिने !


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – एकदिवसीय विश्वकप क्रिकेटमा भारतले आज (बुधबार) दक्षिण अफ्रिकविरुद्ध खेल्दै आफ्नो अभियान शुरु गर्दैछ ।

यो प्रतिस्पर्धा भन्दा अगाडि भएका अफ्रिकाका दुई खेलको नतिजा हेर्ने हो भने पनि लागिरहेको छ, विश्वकपमा पहिलो साता नै निकै रोचक भइरहेकोछ । यस्तैमा म साउथ इन्डियाको एक सानो शहरबाट आफ्नो कामकै शिलशीलामा विश्वकप क्रिकेटको माहोलमा सामेल हुन इङ्ग्ल्यान्ड पुगेको छु ।

लण्डनमा मैले भेटेको पहिलो व्यक्ति नै विश्वकप क्रिकेटमा निकै रुचि राख्ने व्यक्ति रहेछन् । उसले भन्यो,‘इङ्ग्ल्यान्डमा भएको विश्वकपमा जुन किसिमले घरेलु टोलीले खेलिरहेको छ त्यो हेर्दा यो प्रतियोगिता निकै रोचक हुने सम्भावना देखिन्छ । यो सिजनमा हामी कसै अरुलाई ट्रफी दिने योजनामा छैनौं । मात्रै विश्वकप ट्रफी उचाल्ने दौडमा गइरहेका छौं ।’

आइतबार लण्डनका सडकहरु त्यति व्यस्त हुँदैनन् । जति अरु दिन हुन्छन् । सोमबार कार्यालय जानेका लागि यो सामान्य कुरा हो । लण्डनमा विश्वकप खेलाइने स्थान बरपर भन्दा अरु क्षेत्रमा विश्वकपका व्यानर र विज्ञापन देखिने छैनन् । किनकी त्यहाँ व्यानरहरु लगाइएको छैन ।
तर, क्रिकेट र आफ्ना स्टार खेलाडीको बारेमा कुरा गरीरहेका कतिपय एसियाली मुलुकाका मानिसहरु त्यस क्षेत्रमा भेटिन्छन् । यही कारण युरोपमा खेलिने अन्य खेलको बारेमा जान्न पनि ब्रिटेन घुम्न जाने गर्छन् ।

इङ्ग्ल्यान्डको नागरीक एक जना पुरै आत्मविश्वासका साथ भन्छन्,‘यो आईसीसी विश्वकप हाम्रा लागि सबैभन्दा राम्रो हुन्छ । हाम्रो टिम साञ्चिकै राम्रो छ । हाम्रो टिमको ब्याटिङ सबै टोलीलाई मात दिने खालको छ ।’

यो विश्वकप अहिलेसम्मकै सबैभन्दा राम्रो प्रतियोगिता हुने इङ्ग्ल्यान्डका क्रिकेट फ्यानहरु मान्छन् । जबकी सन् १९८२ पछि इङ्ग्ल्यान्ड विश्वकपको सेमिफाइनलमाथि पुग्न सकेको छैन ।

यो विषयमा उनीहरुको जवाफ हुन्छ, ‘हामी एसियाली टोलीहरुको प्रदर्शनमा सेलिब्रेसन गर्दैनौं । फुटबलको कुरा गर्दा फरक कुरा हो । तर, क्रिकेटमा हामी खेलको मजा लिन्छौं । चाहान्छौं कि हाम्रो टिम जीतोस् ।’

‘भारतलाई खेल्न देउ’

लण्डनका पबमा चिच्चाउँदै दिपालीले सबैलाई हैरान गर्ने गरी भनिन्,‘भारतलाई अहिले पहिलो खेल खेल्न देऊ । त्यसपछि हेर्न सक्ने छौं कि भारतको पहिलो खेल पछि विश्वपकमा कति परिवर्तन आउँछ । यस्तै, भारत र पाकिस्तानको खेल म्यान्चेस्टरमा छ । यसमा कुन टिमले जित्छ भन्नेले फरक पार्दैन तर, प्रतियोगितामा यो खेल कस्तो हुन्छ भन्नेले धेरै फरक पार्छ ।’

सँगैका उनका सहकर्मीले थपे,‘लण्डनका केही शहरमा भारतीय समूदायको बाक्लो बसाई छ । तपाई साउथ हल आउन सक्नुहुन्छ । खासमा त्यो सानो पञ्जाव हो । टुगिलमा धेरै तामिल बस्छन् र विम्वलीका कतिपय ठाउँमा गुजुरातका मानिसहरु भेटिन्छन् । तर, क्रिकेटले उनीहरुलाई एकतामा बाँधेर राखेको छ । क्रिकेट खेलको दिन तपाई आफै पनि हेर्न सक्नु हुन्छ ।’

भारत– पाकिस्तान सावधान

विश्वकप भइरहँदा उत्साहित अनुहार भारतीय मात्रै छैनन् । पाकिस्तानी, अफगानिस्तानी र बंगलादेशी नागरीकमा पनि उत्साह छन् । ‘के तपाई राशिद खानलाई मन पराउनु हुन्छ ?’अक्सफोर्डको एक गल्लीमा भेटिएका अफगानि व्यापारीले सोधे । उनको प्रश्नमा उनको अनुहारमा झल्किएको मुस्कान पनि स्पष्ट देखिइरहेको थियो । उनको जवाफ फर्काउँदै मैले भने,‘ किन नचिन्नु उनी एक निकै राम्रो बलर हुन् । जसको अफगानिस्तान र आईपीएलमा ठूलो योगदान रहेको छ ।’

‘हेर्नुस्, युरोपियनहरु क्रिकेट भन्दा पनि फुटबल र टेनिस धेरै खेल्छन् । क्रिकेट र राशिद खान जस्ता खेलाडीले अफगानिस्तानलाई अगाडि ल्याएका छन् । यद्यपी, अफगानिस्तान कतिपय नकारात्मक कुराहरुले शीर्षकमा आउँछ,’ ती अफगानि व्यापारीले भने ।

उनले अन्तिममा भनेको शब्द थियो,‘सावधान भारत–पाकिस्तान हामी पनि आइहेका छौं । यो विश्वकपमा तिमीहरुलाई हैरान पार्ने छौं ।’

(बीबीसी हिन्दीका लागि सिवाकुमार उलागनाथले लेखेको लेखको भावानुवाद)

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  १ : ३४ बजे

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय

२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने