‘तारक मेहताका उल्टा चश्मा’का अभिनेताको निधन « Khabarhub

‘तारक मेहताका उल्टा चश्मा’का अभिनेताको निधन


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतको चर्चित टेलिभिजन कार्यक्रम ‘तारक मेहताका उल्टा चश्मा’मा रोशन सिंह सोढीका ससुराको अभिनय गरेका कलाकार दिन्याकर कन्ट्राक्टरको निधन भएको छ ।

उनको बुधबार बिहान ७९ वर्षको उमेरमा निधन भएको हो । रंगमञ्चबाट आफ्नो अभिनय यात्रा शुरु गरेका कन्ट्राक्टर धेरै लामो समयदेखि बिरामी रहिआएका थिए ।

तारक मेहताका उल्टा चश्माबाहेक उनी तेरी भी चुप मेरी भी चुप, कभी इधर कभी उधर, दम दमा दम, हम सब एक हैं, दो और दो पाँच, दिल विल प्यार प्यार, शुभ मंगल सावधान, करिश्माः एक मेरिकल डेस्टनी, हम सब बाराती, खिचडी, भ से भदे लगायतका टेलिभिजन कार्यक्रममा अभिनय गरेका थिए ।

उनलाई यसै वर्ष भारतको पद्मश्री पदकबाट पनि सम्मानित गरिएको थियो ।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  १ : ४६ बजे

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम