‘तारक मेहताका उल्टा चश्मा’का अभिनेताको निधन « Khabarhub

‘तारक मेहताका उल्टा चश्मा’का अभिनेताको निधन


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतको चर्चित टेलिभिजन कार्यक्रम ‘तारक मेहताका उल्टा चश्मा’मा रोशन सिंह सोढीका ससुराको अभिनय गरेका कलाकार दिन्याकर कन्ट्राक्टरको निधन भएको छ ।

उनको बुधबार बिहान ७९ वर्षको उमेरमा निधन भएको हो । रंगमञ्चबाट आफ्नो अभिनय यात्रा शुरु गरेका कन्ट्राक्टर धेरै लामो समयदेखि बिरामी रहिआएका थिए ।

तारक मेहताका उल्टा चश्माबाहेक उनी तेरी भी चुप मेरी भी चुप, कभी इधर कभी उधर, दम दमा दम, हम सब एक हैं, दो और दो पाँच, दिल विल प्यार प्यार, शुभ मंगल सावधान, करिश्माः एक मेरिकल डेस्टनी, हम सब बाराती, खिचडी, भ से भदे लगायतका टेलिभिजन कार्यक्रममा अभिनय गरेका थिए ।

उनलाई यसै वर्ष भारतको पद्मश्री पदकबाट पनि सम्मानित गरिएको थियो ।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  १ : ४६ बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई