इदबारे तपाईंलाई यी चार तथ्य थाहा छ ? « Khabarhub

इदबारे तपाईंलाई यी चार तथ्य थाहा छ ?


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुधबार नेपालमा मुसलमानहरुले इद मनाएका छन् । इस्लामिक पात्रोको नवौं अर्थात् रमादानको पवित्र महिना सकिएपछि दशौं महिना (शवल)को पहिलो दिनलाई इद अल फित्रको रुपमा मनाइने गरिन्छ ।

रमादानको पवित्र महिनामा हरेक दिन सूर्योदयदेखि सूर्यास्तसम्म मुसलमानहरुले पानी समेत नपिई कठोर ब्रत बस्ने गर्छन् । सोही ब्रत पूरा भएको अवसरमा इद अल फित्र मनाइने गरिन्छ ।

के गरिन्छ इदमा ?

इदका दिन सबै आफन्त तथा साथीभाई भेला भई नमाज पढ्ने, इदको शुभकामना दिने, मिठा खानेकुरा खाने, दान दिने र ‘इद मुबारक’ भनी शुभकामना साटासाट गरी आत्मियता भाइचारा दर्शाइने गरिन्छ । त्यस्तै, विश्वका अधिकांश मुलुकहरुमा इदका दिन सार्वजनिक विदा दिने गरिएको छ ।

चन्द्रमा

इस्लामिक पात्रो चन्द्रमासमा आधारित छ । सोही कारण आकाशमा चन्द्रमा देखिन्छ कि देखिन्न भन्ने हिसाबमा इदको टुङ्गो लाग्ने गरेको छ । हरेक वर्षको रमादान महिना २९ वा ३० दिनको हुने गर्छ । स्थानीय इस्लामिक प्रशासनले चन्द्रमा देखिए–नदेखिएको निक्र्यौल गरी इदको मिति घोषणा गर्ने गरेको छ । विभिन्न भौगोलिक क्षेत्रमा इदको चन्द्रमा कहिले देखिने वा नदेखिने हुनाले विश्वका विभिन्न स्थानमा इद मनाउँदा एक दिनको फरक पर्न सक्छ ।

कसरी शुभकामना दिने ?

इद विश्वको सबैभन्दा महत्वपूर्ण धार्मिक पर्व मध्येको एक हो । विश्वका करिब २ अर्ब मुसलमानहरुले इद मनाउँछन् । इदको शुभकामना दिँदा ‘इद मुबारक’ भन्ने गरिन्छ । यसको अर्थ ‘इदको शुभकमना’ भन्ने हुन्छ । खासमा इदको शुभकामना दिँदा अंकमाल गरी इद मुबारक भन्ने परम्परा छ ।

दुई इद

मुसलमानहरुले वर्षमा दुईपटक इद मनाउने गर्छन् । रमजान सकिएसँगै इद अल फित्र मनाइने गरिन्छ भने इस्लामिक पात्रोको १२ आंै महिना दुः अल हिजाको १० तारिखमा इद अल अजहा मनाइने गरिन्छ । इद अल फित्र रमादान सकिएको शुखीयालीमा मनाइन्छ भने इद अल अजहा चाहिँ ईश्वरले छोरा इस्माइलको बली दिन भनी दिएको आज्ञा पूरा गर्न इब्राहिम तत्पर भएको सम्झनामा मनाइन्छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ३ : ११ बजे

ओलीले टिकट नदिएका नेताहरू एमाले उम्मेदवारसँगै खटिए चुनावी मैदानमा

काठमाडौं- एघारौँ महाधिवेशनमा आफूलाई चुनौती दिएपछि अध्यक्षक केपी शर्मा ओलीले

सुधन गुरुङले गरे गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता

काठमाडौं– जेन-जी अगुवा सुधन गुरुङले रास्वपाबाट उम्मेदवारी दर्ता गराएका छन् ।

सुनसरी-४ मा ज्ञानेन्द्र कार्कीले गराए उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन्

काठमाडौं–२ बाट कुन्ती पोखरेलको उम्मेदवारी

काठमाडौं – काठमाडौं–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेलले प्रतिनिधिसभा

नेमकिपाको गढ भक्तपुर १ मा एमालेका मिश्रले गरे मनोनयन दर्ता

भक्तपुर- भक्तपुर क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का उम्मेदवार