प्रदेश दुई–नीति तथा कार्यक्रमप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि « Khabarhub

प्रदेश दुई–नीति तथा कार्यक्रमप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रदेश नं २ सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा)कै प्रदेशसभा सदस्यले असन्तुष्टि जनाएका छन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रमप्रति आपत्ति जनाउँदै त्यसविरुद्ध संशोधन प्रस्ताव दर्ता गराउने चेतावनीसमेत उनीहरुले दिएका छन् ।राजपाका महासचिव तथा प्रदेशसभा सदस्य मनिषकुमार सुमनले देश धर्मनिरपेक्ष भइसकेको अवस्थामा प्रदेश सरकारले मठमन्दिरसहितका पर्यटकीय क्षेत्रलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएर हिन्दूवादी चरित्र प्रस्तुत गरेको आरोप लगाए ।

नीति तथा कार्यक्रममा प्रदेशका प्रमुख कुरासमेत छुटेकाले ती सबैलाई समेट्न सुझावसहितको संशोधन प्रस्ताव दर्ता गराउने उनले बताए ।

कृषि प्रधान प्रदेश बनाउने भनिए पनि सिँचाइका लागि ठोस योजना नल्याएको गुनासो गर्दै राजपाका प्रदेशसभा सदस्य बिक्की यादवले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिलगायत सबै क्षेत्रको अवस्था नाजुक रुपमा राखिएको आरोप लगाए ।

धेरै योजना ल्याएर प्रदेश कहिल्यै बन्न नसक्ने जिकिर गर्दै उनले किसानको उत्पादन बढाउने, रोजगारी सिर्जना गर्न उघु उद्योग स्थापनाका लागि विशेष नीति लिन र किसानले उत्पादन गरेका वस्तु प्रदेश सरकारले खरीद गर्ने खालको विशेष योजना ल्याउन सुझाव दिए ।

गोलमटोल तरिकाले बजेट ल्याउने र आफ्नो पकेटको मान्छे पाल्ने काम मात्र सरकारका मन्त्रीले गर्न खोजेको आरोप लगाउँदै उनले नाराले मात्र प्रदेश समृद्ध बन्न नसक्ने र थोरै भए पनि विशेष योजनासहितको नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ४ : ०७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन