५६ वर्षमा पशुपतिनाथमा जम्मा भयो ९ किलो सुन, नगद कति ? « Khabarhub

५६ वर्षमा पशुपतिनाथमा जम्मा भयो ९ किलो सुन, नगद कति ?


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पशुपतिनाथ मन्दिरमा ५६ वर्षको अवधिमा ९ किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भएको छ ।

पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवम् छानविन समितिले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा पशुपतिनाथ मन्दिरमा २०७५ सालसम्ममा उक्त परिमाणको सुन जम्मा भएको उल्लेख गरेको हो । त्यसैगरी ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी पनि पशुपतिनाथ मन्दिरमा रहेको पाइएको छानविन समितिका संयोजक डा. मिलनकुमार थापाले जानकारी दिए ।

समितिका अनुसार सो विवरण वि.सं. २०१९ देखि २०७५ सालसम्मको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षसमेत रहेका थापाले २०१९ सालभन्दा अघिको विवरण भने प्राप्त हुन नसकेको पनि स्पष्ट पारे ।

पशुपतिनाथ मन्दिरमा हालसम्म एक अर्ब २९ करोड ३८ लाख ३१ हजार नगद जम्मा भएको छ । छानविन समितिका अनुसार त्यसमध्ये एक अर्बको अक्षय कोष स्थापना गरी सामाजिक सेवाको क्षेत्र तथा विपद् व्यवस्थापनमा खर्च गर्ने गरिएको छ । समितिका संयोजक थापाले हाल मन्दिरको दर्ता प्रमाणित भएका जग्गा ३ हजार ६ सय ६७ रोपनी ४ आना ३ पैसा रहेको पनि जानकारी दिए ।

प्रतिवेदनमा पशुपतिनाथ मन्दिरको दर्ता प्रमाणित हुन बाँकी रहेका जग्गा २ सय ३१ रोपनी १० आना १ दाम रहेको पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ४ : ५१ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा