प्रधानमन्त्रीको जेनेभा भ्रमण– मोरिसस र युएईसँग श्रम सम्झौता « Khabarhub

प्रधानमन्त्रीको जेनेभा भ्रमण– मोरिसस र युएईसँग श्रम सम्झौता


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को वार्षिक कार्यक्रममा सहभागी हुन आगामी शनिवार प्रधानमन्त्री केपी शर्मा ओली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट स्वीट्जरल्याण्ड जाँदै छन् ।

सोही अवसरमा वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका दुई देशसँग श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न मिति तय भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार मोरिसस र युएईसँग श्रमिक आपूर्ति गर्ने विषयमा प्रधानमन्त्रीको उपस्थितिमा श्रम सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

जेनेभामा प्रधानमन्त्री ओलीको उपस्थितिमा मोरिसस र युएईसँग श्रम समझदारीमा दुईपक्षीय हस्ताक्षर गर्ने कार्यक्रमसँगै नयाँ रोजगार गन्तव्यको सम्भावाना भएका देशसँग पनि छलफल गर्ने योजना रहेको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

मोरिसस र युएईसँग श्रम सम्झौता हुने विषयमा विहीबार आधिकारिक निर्णय मन्त्रिपरिषद बैठकले गर्दैछ । प्रधानमन्त्री ओलीको भ्रमणका विषयमा औपचारिक जानकारी नियमित पत्रकार सम्मेलनमा दिने तयारी सरकारले गरेको छ ।

जेनेभा भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले नेपाली श्रमिकका अवस्था र रोजगारदाता देशमा नेपाली कामदारले भोगिरहेका समस्याका विषयमा छलफल गर्ने भएका छन् ।

श्रम मन्त्रालयले युएईसँग श्रम सम्झौताका लागि सवै छलफल र अन्य विषयमा सहमति भइसकेकाले अब श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न मात्र बाँकी रहेको जानकारी दिएको छ । यस्तै, मोरिसससँग पनि अनौपचारिक रुपमा श्रम सम्झौतका लागि आवश्यक विषय र कामदारका आपूर्ति गर्दा चाहिने विषयमा एक किसिमको सहमति भइसकेको श्रम मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार युएईसँग सवै प्रक्रिया पुरा भइसकेकाले अब श्रम सम्झौतामा हस्ताक्षर गर्ने मात्र बाँकी रहेको छ । जसका कारण प्रधानमन्त्री ओलीकै सहभागितामा सम्झौतामा हस्ताक्षर हुने भएको उनले जानकारी दिएका छन् । आइएलोसँग प्रधानमन्त्री रोजगार कार्यक्रमसँग एक किसिमको सम्झौता हुने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आइएलओमार्फत धेरै रोजगारीसम्बन्धी तालिम दिने विषयमा सहमति हुँदैछ ।

प्रधानमन्त्री ओली अन्य रोजगारदाता देशसँग पनि नेपाली श्रमिकको सेवा सुविधा लगायतका विषयमा छलफल गर्ने गरि स्रोत देशका कुटनीतिक नियोगसँग छलफल भइरहेको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

युएई मासिक ५ हजारभन्दा धेरै नेपाली श्रमिक रोजगारीका लागि जाने गरेका छन् । भने मोरिसस भारत हुँदै वार्षिक ३ हजारभन्दा धेरै कामदार जाने गरेको वैदेशिक रोजगार विभागको तंथ्याक उल्लेख छ ।

नेपाल र मोरिससबीच पहिलो पटक श्रम समझदारी हुँदैछ । यसअघि कुनै पनि अफ्रिकन मुलुकसँग नेपालले कामदार आपूर्ति गर्ने विषयमा श्रम समझदारी वा सम्झौता गरेको छैन । दुवै देशसँग गरिने श्रम सम्झौतामा कामदारको हक, अधिकार, कार्यक्षेत्रको अवस्था, कार्यअवधि, बीमा, न्यूनतम तलब, आपूर्ति प्रक्रियालगायतका विषय प्रष्ट उल्लेख गरिने श्रम मन्त्रालयले जानकारी दिएको छ ।

सम्झौतामा दुवै देशसँग शून्य लागतको उल्लेख गरिएको बताइएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार श्रम सम्झौताले सुरक्षित र मर्यादित श्रम तथा कामदारको हक अधिकारलाई पालन गर्न गरि सहमति हुँदै छ । श्रमिकहरुले पासपोर्ट आफैसँग राख्न सक्ने, समयमै तलब नपाए उजुरी दिन सक्ने, यदी मृत्यु भएमा शव समेत नेपाल पठाउने व्यवस्था सहितको विमा, स्वास्थ्य विमाको सेवा रोजगारदाताले नै ब्यहोर्ने गरि मोरिसस र युएईसँग हस्ताक्षर हुँदैछ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ५ : ४३ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते