‘अष्ट्रेलियाको एबीसी टेलिभिजनमाथि प्रहरीको छापा निन्दनीय’ « Khabarhub

‘अष्ट्रेलियाको एबीसी टेलिभिजनमाथि प्रहरीको छापा निन्दनीय’


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलिया– अष्ट्रेलिया प्रहरीले एबीसी टेलिभिजनको सिड्नीस्थित कार्यालयमा छापा मारेको घटनालाई लिएर आलोचना शुरु भएको छ ।

अष्ट्रेलियाको पत्रकार युनियनले प्रहरीको उक्त कार्य निन्दनीय भएको भन्दै प्रेस स्वतन्त्रताविरुद्धको कार्यको घोर भर्त्सना गरेको छ । त्यसबाहेक अष्ट्रेलियाका अन्य मानवअधिकारवादी संगठन र युनियनहरुले समेत उक्त गतिविधिको आलोचना गरेका छन् ।

अफगानिस्तानमा अष्ट्रेलियन फौजले गरेको भनिएको गैरकानूनी हत्या तथा अन्य अवैध गतिविधीबारे सन् २०१७ मा प्रकाशित अनुसन्धानमूलक समाचारका विषयमा प्रहरीले छापा मारेको एबीसीले जनाएको छ । त्यसबेला एबीसीले अष्ट्रेलियन फौजले अफगानिस्तानमा गरेको भनिएको गैरकानूनी गतिविधिबारे गोप्य समाचार सार्वजनिक गरेको थियो ।

यता अष्ट्रेलियन प्रहरीले भने एबीसीले गोप्य रक्षा दस्तावेज सार्वजनिक गरेको र यसले अष्ट्रेलियाको राष्ट्रिय सुरक्षामा नकारात्मक असर पार्नसक्ने भन्दै छापा मारिएको दाबी गरेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ८ : ११ बजे

विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा आज वेस्ट

कालीगण्डकी लोकमार्ग : लमाए खोला पुल निर्माण आठ वर्षमा पूरा

पर्वत– उत्तर–दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा

म्याग्दी नदीमाथि झोलङ्गे पुल निर्माण सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नम्बर– ४ को

चालक र कर्मचारीसहित ३७ यात्रु लिएर पोखरादेखि काठमाडौँ आउँदै थियो दुर्घटनाग्रस्त बस

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा सोमबार बिहान दुर्घटना

धादिङ बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाबाट दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले धादिङमा गएराति भएको