‘अष्ट्रेलियाको एबीसी टेलिभिजनमाथि प्रहरीको छापा निन्दनीय’ « Khabarhub

‘अष्ट्रेलियाको एबीसी टेलिभिजनमाथि प्रहरीको छापा निन्दनीय’


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलिया– अष्ट्रेलिया प्रहरीले एबीसी टेलिभिजनको सिड्नीस्थित कार्यालयमा छापा मारेको घटनालाई लिएर आलोचना शुरु भएको छ ।

अष्ट्रेलियाको पत्रकार युनियनले प्रहरीको उक्त कार्य निन्दनीय भएको भन्दै प्रेस स्वतन्त्रताविरुद्धको कार्यको घोर भर्त्सना गरेको छ । त्यसबाहेक अष्ट्रेलियाका अन्य मानवअधिकारवादी संगठन र युनियनहरुले समेत उक्त गतिविधिको आलोचना गरेका छन् ।

अफगानिस्तानमा अष्ट्रेलियन फौजले गरेको भनिएको गैरकानूनी हत्या तथा अन्य अवैध गतिविधीबारे सन् २०१७ मा प्रकाशित अनुसन्धानमूलक समाचारका विषयमा प्रहरीले छापा मारेको एबीसीले जनाएको छ । त्यसबेला एबीसीले अष्ट्रेलियन फौजले अफगानिस्तानमा गरेको भनिएको गैरकानूनी गतिविधिबारे गोप्य समाचार सार्वजनिक गरेको थियो ।

यता अष्ट्रेलियन प्रहरीले भने एबीसीले गोप्य रक्षा दस्तावेज सार्वजनिक गरेको र यसले अष्ट्रेलियाको राष्ट्रिय सुरक्षामा नकारात्मक असर पार्नसक्ने भन्दै छापा मारिएको दाबी गरेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ८ : ११ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज