तपाईले यसरी पाउन सक्नुहुन्छ दक्षिण कोरियाको गोल्डेन भिसा | Khabarhub Khabarhub

तपाईले यसरी पाउन सक्नुहुन्छ दक्षिण कोरियाको गोल्डेन भिसा


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियाको गोल्डेन भिसा कार्यक्रम विश्वकै उत्कृष्ट मानिन्छ । विश्वको १३ औं ठूलो अर्थतन्त्र रहेको दक्षिण कोरियाली राहदानी पनि विश्वको सबैभन्दा शक्तिशाली मानिन्छ ।

दक्षिण कोरियाको राहदानी वाहकले विश्वका १८९ मुलुकमा बिना झन्झट भ्रमण गर्न सक्छन् । विद्युतीय तथा अन्य उत्पादनमूलक र सेवामूलक क्षेत्रको तीब्र विकास गरिरहेको दक्षिण कोरियाको गोल्डेन भिसा योजनाबाट धेरै विदेशीहरु लाभान्वित हुँदै आइरहेका छन् ।

दक्षिण कोरियाको गोल्डेन भिसा कार्यक्रम अनुसार गोल्डेन भिसा पाउन त्यहाँको रियल स्टेट वा आर्थिक उत्पादन क्षेत्रमा कम्तिमा ५ करोड दक्षिण कोरियाली वन (करिब ४ करोड ७२ लाख नेपाली रुपैयाँ) लगानी गर्नुपर्छ । सो लगानी गर्नेलाई दक्षिण कोरियाले दीर्घकालीन आवसीय भिसा उपलब्ध गराउने गरेको छ ।

यस्तो भिसा पाउनेले दक्षिण कोरियामा स्वतः स्फूर्त रुपमा आर्थिक गतिविधि गर्न पाउँछन् । यस्तो भिसा पाएको ५ वर्षपछि पनि दक्षिण कोरियामा लगानीलाई निरन्तरता दिएमा लगानीकर्तासहित उनीहरुका श्रिमती तथा अविवाहित छोराछोरीलाई स्थायी बसोबास अनुमतिपत्र दिने प्रावधान छ । स्थायी बसोबास अनुमतिपत्र प्राप्त गरेको ५ वर्षपछि त्यहाँको नागरिकताका लागि आवेदन दिन सकिन्छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ८ : ३७ बजे

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको