तपाईले यसरी पाउन सक्नुहुन्छ दक्षिण कोरियाको गोल्डेन भिसा « Khabarhub

तपाईले यसरी पाउन सक्नुहुन्छ दक्षिण कोरियाको गोल्डेन भिसा


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियाको गोल्डेन भिसा कार्यक्रम विश्वकै उत्कृष्ट मानिन्छ । विश्वको १३ औं ठूलो अर्थतन्त्र रहेको दक्षिण कोरियाली राहदानी पनि विश्वको सबैभन्दा शक्तिशाली मानिन्छ ।

दक्षिण कोरियाको राहदानी वाहकले विश्वका १८९ मुलुकमा बिना झन्झट भ्रमण गर्न सक्छन् । विद्युतीय तथा अन्य उत्पादनमूलक र सेवामूलक क्षेत्रको तीब्र विकास गरिरहेको दक्षिण कोरियाको गोल्डेन भिसा योजनाबाट धेरै विदेशीहरु लाभान्वित हुँदै आइरहेका छन् ।

दक्षिण कोरियाको गोल्डेन भिसा कार्यक्रम अनुसार गोल्डेन भिसा पाउन त्यहाँको रियल स्टेट वा आर्थिक उत्पादन क्षेत्रमा कम्तिमा ५ करोड दक्षिण कोरियाली वन (करिब ४ करोड ७२ लाख नेपाली रुपैयाँ) लगानी गर्नुपर्छ । सो लगानी गर्नेलाई दक्षिण कोरियाले दीर्घकालीन आवसीय भिसा उपलब्ध गराउने गरेको छ ।

यस्तो भिसा पाउनेले दक्षिण कोरियामा स्वतः स्फूर्त रुपमा आर्थिक गतिविधि गर्न पाउँछन् । यस्तो भिसा पाएको ५ वर्षपछि पनि दक्षिण कोरियामा लगानीलाई निरन्तरता दिएमा लगानीकर्तासहित उनीहरुका श्रिमती तथा अविवाहित छोराछोरीलाई स्थायी बसोबास अनुमतिपत्र दिने प्रावधान छ । स्थायी बसोबास अनुमतिपत्र प्राप्त गरेको ५ वर्षपछि त्यहाँको नागरिकताका लागि आवेदन दिन सकिन्छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ८ : ३७ बजे

सांसद खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो ‘अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको

प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्ने : मुख्यमन्त्री पाण्डे

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरीले अपराध नियन्त्रणमा दृढता

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत