कृषिमा आत्मनिर्भर बन्न इजरायलबाट आधुनिक प्रविधि ल्याउँछौंः प्रधानमन्त्री « Khabarhub

कृषिमा आत्मनिर्भर बन्न इजरायलबाट आधुनिक प्रविधि ल्याउँछौंः प्रधानमन्त्री


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कृषिमा आत्मनिर्भर बनाउन इजरायलबाट आधुनिक कृषि प्रविधि ल्याउने तयारीमा सरकार रहेको बताएका छन् ।

काठमाडौँ महानगरपालिका शहरी योजना आयोगले बुधबार आयोजना गरेको ‘हाम्रो काठमाडौँ, हामी आफैँ बनाउँछौँ’, ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७५’ पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री ओलीले आधुनिक कृषि प्रविधिले मात्रै देश विकास सम्भव हुने भएकाले सरकाले उक्त प्रविधि ल्याउन लागेको बताएका हुन् ।

कसैको भरमा देश नबन्ने भन्दै उनले स्वदेशकै युवा जमातले समस्याको समाधान गर्ने आधुनिक प्रविधिसहित राज्यका सबै निकाय एक भएर विकासमा लाग्नुपर्ने बताए । उनले भने, “देशमा भएको स्रोत साधनको प्रयोग गर्नुस्, परस्परागत सोचभन्दा माथि उठेर काम गर्नुहोस्, त्यसका लागि सहयोग गर्न सरकार तयार छ ।”

कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले देशले परिवर्तन खोजेको हुनाले त्यसका लागि तीन तहबाट युवा परिचालन गर्न आवश्यक रहेको बताए । कामपा शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले देशको हरेक समस्याको समाधान युवा पुस्ताबाट मात्रै सम्भव हुने बताए ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ९ : २५ बजे

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा १५ वर्षीय बालक महाकालीमा बेपत्ता

दार्चुला– दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता