इरान नेपालमा लगानी गर्न इच्छुकः प्रचण्ड « Khabarhub

इरान नेपालमा लगानी गर्न इच्छुकः प्रचण्ड


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इरान नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।

नेपालका लागि इरानका राजदूत डा. अलि चेगेनीलेबीच बुधबार भएको भेटवार्तामा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यावसायीकरण र कृषिमा आधारित उद्योगको विकासका बारेमा छलफल भएको नेता दाहालको सचिवालयले जनाएको छ ।

अध्यक्ष निवास खुमलटारमा बुधबार अपराह्न भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले अहिले सरकारले नेपालमा वैदेशिक लगानीका लागि अनुकूल वातावरण बनाउन चाहेको बताए । अध्यक्ष दाहालले इरान र नेपाल पुराना मित्र राष्ट्र भएको उल्लेख गर्दै नेपाल प्राकृतिक रुपमा सुन्दर देश भएको र यहाँ पर्यटन, कृषि, जलविद्युतलगायत क्षेत्रमा लगानीको सम्भावना रहेको बताए ।

सो अवसरमा इरानी राजदूत डा अलीले नेपालमा काम गर्न आफूहरुसँग राम्रो क्षमता भएको बताउँदै चिकित्सा शिक्षा, कृषि, खानीलगायत क्षेत्रमा इरान काम गर्न इच्छुक रहेको बताएका थिए ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ९ : ४३ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित