स्मार्ट आमाबाबु बन्न अपनाउनुस् यी उपाय « Khabarhub

स्मार्ट आमाबाबु बन्न अपनाउनुस् यी उपाय


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

हरेक दम्पत्तिको चाहना हुन्छ, स्मार्ट आमाबाबु बन्ने । तर समयको व्यस्तता र साना साना गल्तीका कारण आफूहरु बच्चाका लागि स्मार्ट बाबुआमा नभएको अनुभव हुने गर्दछ।

यस्तो समस्या पछिल्लो समयका आमाबाबुमा बढी देखिने गरेको छ। आमाबाबु नै कामकाजी भएकाले पनि बच्चालाई समय दिन नसक्नु, बच्चाको आवश्यकता पूरा गर्न नसक्नु जस्ता कुराले बच्चामा पनि नकारात्मक प्रभाव पर्ने गर्दछ।

त्यसैले बच्चाको स्वभाव पनि उग्र बन्दै जान्छ। बच्चालाई सही बाटोमा हिँडाउनका लागि आमाबाबुको ठूलो भूमिका नै महत्वपूर्ण रहन्छ। बच्चालाई ज्ञानी, संस्कारी र चलाख बनाउन सक्नु नै स्मार्ट आमाबाबु बन्नु हो। आज हामी तपाईलाई स्मार्ट आमाबाबु कसरी बन्ने भन्ने बारेमा जानकारी दिँदैछौँ-

समय दिनुहोस्
आजभोलि आमाबाबु नै कामकाजी भएकाले बच्चालाई धेरै समय दिन पाउँदैनन्। अझ बन्ने हो भने पुरुषको मामिलामा यो बढी देखिन्छ। तर यसो गर्दा बच्चामा एक्लोपना महशुस हुने गर्दछ। पुरुषले हप्तामा कम्तीमा एक दिन आफ्नो छुट्टीको बेला आफ्नो केही समय बच्चाहरु लागि दिनुपर्छ भने आमाले बिहान बेलुका नै समय दिनु पर्दछ। समय भएको बेलामा बच्चासँग खेल्ने वा उसलाई कतै घुमाउन लग्नु पर्दछ।

बच्चाको कुरा सुन्नुहोस्
हरेक पटक बच्चालाई आफ्नो मात्र कुरा सुनाउने नगर्नुस् । यसले बच्चाहरु एकहोरो हुन पनि सक्छ । परिवारमा बच्चाहरुको आत्मीयता बढाउन कहिलेकाही उनीहरुको पनि कुरा सुन्ने गर्नुपर्छ ।

केही सीमा तय गर्नु
आफ्ना केही कुरा स्वयं आफूलाई पनि मन परेको हुँदैन र बच्चाहरुमा यस्ता केही बानी हुन्छ जुन तपाईलाई मन परेको हुँदैन । बच्चाको बानी मन परेन भन्दैमा बच्चाहरुलाई झपार्ने वा कुट्ने नगर्नुहोस् । केही कुरा बच्चालाई पनि तपाईंको कुरा मन परेको हुँदैन त्यसैले केही सिमा तय गरेर बच्चालाई मन नपरेको बानी तपाईले हटाउनुहोस् र तपाईलाई मन नपरेको बानी बच्चाबाट छुटाउनुहोस्।

प्रेमको भाव सिकाउनुहोस्
माया, ममता र स्नेहले सबैको मन सजिलै जित्न सकिन्छ । बच्चाहरुको कोमल हृदयलाई जित्नको लागि जहिले पनि स्नेही भावले कुरा गर्नुहोस्। यसले बच्चाहरु सधै खुशी हुन्छ र बच्चाहरुलाई यो आभाष पनि दिनुपर्छ की तपाई उसलाई कति माया गर्नुहुन्छ। यसले बच्चा र आतापिता बीचको स्नेह पनि बढ्छ।

स्वस्थ रहनुहोस्
सानो छदाँ देखि नै बच्चाहरुमा स्वस्थ जीवनशैलीको बानी बसाल्न सकेको खण्डमा जीवनभर बच्चाहरुमा स्वास्थ्यको महत्वको बारेमा बुझिन्छ । यसका लागि बच्चालाई मातापिताको सही मार्गदर्शकको आवश्यक पर्दछ । बिहान चाँडै उठ्ने, योग वा मर्निङ वाक, एक्सोसाइज र खेलमा बच्चाहरुमा उत्साह जगाउनुपर्छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ६ : १२ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली