मनसुनजन्य विपदबाट पाँच वर्षमा १६११ को मृत्यु, व्यवस्थापनका नाममा २४ अर्ब बढी खर्च « Khabarhub

मनसुनजन्य विपदबाट पाँच वर्षमा १६११ को मृत्यु, व्यवस्थापनका नाममा २४ अर्ब बढी खर्च


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुकभर विपद्को घटनाबाट मानिसको मृत्यु हुने र ठूलो संख्यामा धनजनको क्षति हुने क्रम बढ्दो छ । सरकारले विपद् व्यवस्थापनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसक्दा विपद्मा परी मानिसहरुको ज्यान जाने क्रम बढेको राजधानी दैनिकमा खबर छ ।

यसपटक पनि मुलुकमा मनसुन शुरु भइसकेको छ । पछिल्लो पाँच वर्षमा मात्रै विपद्बाट १ हजार ६ सय ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार विपद्का कारण औसत ६ सयको मृत्यु हुने गरेको छ ।

यो वर्ष पनि मनसुनको शुरुवातसँगै विपद्जन्य प्रकोपबाट मानिसको मृत्यु हुने क्रम शुरु भएको छ । पछिल्लो एक महिनाको तथ्यांक हेर्ने हो भने पनि विपद्का कारण ३२ जनाले ज्यान गुमाइसकेका छन् । एक महिनाको अवधिमा सबैभन्दा बढी चट्याङका कारण २१ जनाले ज्यान गुमाए भने हाइ अल्टिच्युटका कारण ४, जनावरको अक्रमणबाट ३, पहिरो र हावाहुरीबाट २–२ जनाले ज्यान गुमाएका छन् । पछिल्लो एक सातको अवधिमा मात्रै चट्याङबाट ६ जनाले ज्यान गुमाए भने भारी वर्षाका कारण एकजनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ ।

गृहका अनुसार विपद् व्यवस्थापनका नाममा पछिल्लो पाँच वर्षमा मात्रै सरकारी र गैरसकारी संस्थाले झन्डै २५ अर्ब बढी खर्च गरिसकेका छन् तर त्यसरी गरिएको खर्चको उपलब्धि भने निकै न्यून देखिएको गृहका अधिकारीकै स्वीकारोक्ति छ ।

मनसुनको अवधिमा विशेषगरी पहिरो, बाढी, भारी वर्षा, चट्याङ, हाइ अल्टिच्युट र हावाहुरीका कारणले मानिसहरुको ज्यान जाने गरेको पाइएको छ ।

विपद्को जोखिम व्यवस्थापनका लागि सरकारले ध्यान नदिँदा पाँच वर्षको अवधिमा विपद्बाट १ हजार ६ सय ११ जनाले ज्यान गुमाउन बाध्य भएका हुन् ।

गृह मन्त्रालयका अनुसार पाँच वर्षको अवधिमा पहिरोमा परी ५ सय ४६ जनाले ज्यान गुमाएका थिए । बाढीका कारण ४ सय ३, भारी वर्षाका कारण ४६, चट्याङका कारण ४ सय ७९, हाइ अल्टिच्युटबाट ६९ र हावाहुरीका कारण ६८ जनाले ज्यान गुमाएका थिए ।

पछिल्लो एक वर्षको अवधिमा मंगलबारसम्मको तथ्यांकअनुसार पहिरोका कारण ७४ जनाले ज्यान गुमाएका थिए भने बाढीका कारण ६ जनाले ज्यान गुमाएका थिए । चट्याङबाट ७४ र भारी वर्षाका कारण १२ जनाले ज्यान गुमाएको तथ्यांक गृह मन्त्रालयसँग छ । मन्त्रालयको तथ्यांकअनुसार हावाहुरीका कारण ३९ र हाइ अल्टिच्युटबाट २४ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ७ : ०६ बजे

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले