वेष्ड इन्डिजसँग हारेपछि शुन्य अंकमै अफगानिस्तानको विराम « Khabarhub

वेष्ड इन्डिजसँग हारेपछि शुन्य अंकमै अफगानिस्तानको विराम


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी विश्वकपबाट वेष्ट इन्डिजले जीतसँगै आफ्नो यात्रामा विराम लागाउँदा अफगानिस्तानले शुन्यमै यात्रा टुङ्ग्याएको छ । बिहीबार भएको खेलमा वेष्ट इन्डिजले विश्वकपको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै आफ्नो यात्राको विदाई शुखद् बनाएको हो ।

योसँगै युर्निभर्सल बोस अर्थात क्रिस गेलको पनि आफ्नो करियरको अन्तिम एकदिवसिय विश्वकपमा सन्तोषजनक विदाइ भएको छ । विश्वकपमा उनी आफैले पनि अपेक्षा अनुसार खेल्न भने सकेनन् । यद्यपी बिहीबारको खेलमा जीत हात पार्दा सन्तुष्ट भएर क्यारेबियन टोली घर फर्किएको छ ।

यता एसियाली टोली अफगानिस्तानले विश्वकपमा कुनै पनि खेलमा जीत हात पार्न सकेन । बलियो टोलीहरुसँग सन्तोषजनक खेलेपनि जीत हात पार्न भने असफल भयो ।

बिहीबार राति भएको विश्वकपको अन्तिम खेलमा वेष्ट इन्डिजसँग २३ रनले हारेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजले दिएको ३१२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरको खेल पुरा खेल्दै सबै विकेट गुमाएर २८ड रन मात्रै बनाउन सक्यो ।

अफगानिस्तानका लागि इक्रम अलि खिलले ८६ रन, रहमत शाहले ६२ रन, अस्गार अफगानले ४० रन र नजबुल्लाह जद्रानले ३१ रन बनाएका थिए ।

अफगानिस्तानलाई २८८ रनमा रोक्न वेष्ट इन्डिजका कार्लोस बार्थबेटले ४ विकेट लिए भने केमर रोचले ३ विकेट लिँदा ओसाने थोमस र क्रिस गेलले समान एक–एक विकेट लिएका थिए ।

यसअघि पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजका लागि साई होपले ७७ रन बनाउँदा निकोलस पुरान र इभान लुइसले समान ५८–५८ रना बनाएका थिए भने जसन होल्डरले ४५ रन र सिमरोन हेटमायरले ३९ रन बनाएका थिए ।

वेष्ट इन्डिजविरुद्ध अफगानिस्तानका दावलत जद्रानले २ विकेट लिएका थिए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ८ : २५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको