वेष्ड इन्डिजसँग हारेपछि शुन्य अंकमै अफगानिस्तानको विराम | Khabarhub Khabarhub

वेष्ड इन्डिजसँग हारेपछि शुन्य अंकमै अफगानिस्तानको विराम


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी विश्वकपबाट वेष्ट इन्डिजले जीतसँगै आफ्नो यात्रामा विराम लागाउँदा अफगानिस्तानले शुन्यमै यात्रा टुङ्ग्याएको छ । बिहीबार भएको खेलमा वेष्ट इन्डिजले विश्वकपको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै आफ्नो यात्राको विदाई शुखद् बनाएको हो ।

योसँगै युर्निभर्सल बोस अर्थात क्रिस गेलको पनि आफ्नो करियरको अन्तिम एकदिवसिय विश्वकपमा सन्तोषजनक विदाइ भएको छ । विश्वकपमा उनी आफैले पनि अपेक्षा अनुसार खेल्न भने सकेनन् । यद्यपी बिहीबारको खेलमा जीत हात पार्दा सन्तुष्ट भएर क्यारेबियन टोली घर फर्किएको छ ।

यता एसियाली टोली अफगानिस्तानले विश्वकपमा कुनै पनि खेलमा जीत हात पार्न सकेन । बलियो टोलीहरुसँग सन्तोषजनक खेलेपनि जीत हात पार्न भने असफल भयो ।

बिहीबार राति भएको विश्वकपको अन्तिम खेलमा वेष्ट इन्डिजसँग २३ रनले हारेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजले दिएको ३१२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरको खेल पुरा खेल्दै सबै विकेट गुमाएर २८ड रन मात्रै बनाउन सक्यो ।

अफगानिस्तानका लागि इक्रम अलि खिलले ८६ रन, रहमत शाहले ६२ रन, अस्गार अफगानले ४० रन र नजबुल्लाह जद्रानले ३१ रन बनाएका थिए ।

अफगानिस्तानलाई २८८ रनमा रोक्न वेष्ट इन्डिजका कार्लोस बार्थबेटले ४ विकेट लिए भने केमर रोचले ३ विकेट लिँदा ओसाने थोमस र क्रिस गेलले समान एक–एक विकेट लिएका थिए ।

यसअघि पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजका लागि साई होपले ७७ रन बनाउँदा निकोलस पुरान र इभान लुइसले समान ५८–५८ रना बनाएका थिए भने जसन होल्डरले ४५ रन र सिमरोन हेटमायरले ३९ रन बनाएका थिए ।

वेष्ट इन्डिजविरुद्ध अफगानिस्तानका दावलत जद्रानले २ विकेट लिएका थिए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ८ : २५ बजे

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू