विरोधको नयाँ तरिका-ओठ सिलाएर प्रदर्शन « Khabarhub

विरोधको नयाँ तरिका-ओठ सिलाएर प्रदर्शन


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफ्ना माग सुनुवाइ गराउन गरिने आन्दोलनमा पनि सिर्जनात्मकता थपिन थालेको छ। आन्दोलन गर्ने शैली कै कारण धेरै आन्दोलन ‘हीट’ हुने गरेका इतिहास पनि छन् । यस्तै गरी आन्दोलनमा नयाँ शैली अपनाएर अफगानी महिलाहरु विरोधमा उत्रिकएका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा गत वर्ष सम्पन्न चुनावमा भएको भनिएको धाँधलीविरुद्ध आन्दोलन गरिरहेका महिला उम्मेदवारहरूले आफ्ना ओठ सिलाएर विरोध प्रदर्शन गरेको बीबीसीले उल्लेख गरेको छ ।

अफगानिस्तानमा गत अक्टोबर महिनामा भएको संसदीय चुनावमा धेरै महिलाहरूले हार बेहोर्नु परेको थियो। त्यही हार बेहोरेकी एक उम्मेदवार डीवा नयाजीले मङ्गलवार आफ्ना पाँच महिला साथीहरूसहित ओठ सिलाएर राष्ट्रपति भवन अघिल्तिर प्रदर्शन गरेकी हुन् । उनले सरकार बोल्न नसक्ने र सुन्न नसक्ने अवस्थामा पुगेका कारण आफूहरुले विरोधको शैली पनि सरकारजस्तै बनाएको डीबाले बताइन ।

उनीहरुले नयाँ नयाँ शैलीका साथ ३ महिनादेखि प्रदर्शन गरिरहेका छन्। यी महिला उम्मेदवारहरूले गत वर्षको संसदीय चुनावमा महिला उम्मेदवारहरूमाथि धाँधली भएको र उनीहरूको सट्टामा संसदमा पुगेकाहरूले रकम बाँडेर चुनावको परिणाम फरक पारेको भन्दै आएका छन्।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ८ : ४२ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई