विरोधको नयाँ तरिका-ओठ सिलाएर प्रदर्शन « Khabarhub

विरोधको नयाँ तरिका-ओठ सिलाएर प्रदर्शन


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफ्ना माग सुनुवाइ गराउन गरिने आन्दोलनमा पनि सिर्जनात्मकता थपिन थालेको छ। आन्दोलन गर्ने शैली कै कारण धेरै आन्दोलन ‘हीट’ हुने गरेका इतिहास पनि छन् । यस्तै गरी आन्दोलनमा नयाँ शैली अपनाएर अफगानी महिलाहरु विरोधमा उत्रिकएका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा गत वर्ष सम्पन्न चुनावमा भएको भनिएको धाँधलीविरुद्ध आन्दोलन गरिरहेका महिला उम्मेदवारहरूले आफ्ना ओठ सिलाएर विरोध प्रदर्शन गरेको बीबीसीले उल्लेख गरेको छ ।

अफगानिस्तानमा गत अक्टोबर महिनामा भएको संसदीय चुनावमा धेरै महिलाहरूले हार बेहोर्नु परेको थियो। त्यही हार बेहोरेकी एक उम्मेदवार डीवा नयाजीले मङ्गलवार आफ्ना पाँच महिला साथीहरूसहित ओठ सिलाएर राष्ट्रपति भवन अघिल्तिर प्रदर्शन गरेकी हुन् । उनले सरकार बोल्न नसक्ने र सुन्न नसक्ने अवस्थामा पुगेका कारण आफूहरुले विरोधको शैली पनि सरकारजस्तै बनाएको डीबाले बताइन ।

उनीहरुले नयाँ नयाँ शैलीका साथ ३ महिनादेखि प्रदर्शन गरिरहेका छन्। यी महिला उम्मेदवारहरूले गत वर्षको संसदीय चुनावमा महिला उम्मेदवारहरूमाथि धाँधली भएको र उनीहरूको सट्टामा संसदमा पुगेकाहरूले रकम बाँडेर चुनावको परिणाम फरक पारेको भन्दै आएका छन्।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ८ : ४२ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते