केबुल टिभीको सिगनल बाइपास गरेको अभियोगमा तीन पक्राउ | Khabarhub Khabarhub

केबुल टिभीको सिगनल बाइपास गरेको अभियोगमा तीन पक्राउ


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– केबुल टिभीको सिगनल बाइपास गरी राजश्व छली गरेको अभियोगमा स्थानीय प्रशासनले तीन व्यक्तिलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नं ८ गहवास्थित ‘हाम्रो टिभी’को कार्यालयमा बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सा नेतृत्वको टोलीले छापामारी आवश्यक अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको हो ।

सिगनल बाइपास गरी राजश्व छली भइरहेको सूचनाको आधारमा कारवाही गर्दा हाम्रो टिभीको कार्यालयबाट सूचनाअनुसारका प्रमाण फेला परेपछि अनुसन्धानका लागि गहवान निवासी सञ्चालक विजेन्द्रप्रसाद चौरसिया, दिनेश कहार र वीरगन्ज विर्ता निवासी युवराज भट्टराईलाई पक्राउ गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनले छापामारीका क्रममा विभिन्न केवल टिभीका सेन्टो बक्स, रिचार्ज कार्ड, विभिन्न बैंकको कागजात, ल्यापटप बरामद भएपछि केबुलको प्रसारणलाई बन्द गरी कार्यालयमा शिलबन्दी गरिएको बताए ।

पक्राउ परेका व्यक्ति तथा बरामद सामग्रीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका व्यक्तिमाथि अनुसन्धानपछि कुन मुद्दा चलाउन उपयुक्त हुने सोहीबमोजिम मुद्दा चलाइने प्रजिअ भट्टराईले जानकारी दिए ।

हाम्रो टिभीको आडमा भइरहेको सिगनल बाइपासबाट महिनामा लाखौँ रुपैया राजश्व नेपाल सरकारले गुमाउनु परिरहेको प्रशासनले बताएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको छापामा जिल्ला प्रहरी कार्यालय, हुलाक कार्यालय, आन्तरिक राजश्व कार्यालय, नेपाल टेलिकमगायतका कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  १० : ५० बजे

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका