‘जात्रै जात्रा’ ले ५१ दिन मनाउँदै, निर्देशकको ह्याट्रिक « Khabarhub

‘जात्रै जात्रा’ ले ५१ दिन मनाउँदै, निर्देशकको ह्याट्रिक


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ ले ५१ औ‌ं दिन मनाउने भएको छ । राजधानीका ७ वटा हलमा यो फिल्मले ५१ दिन मनाउन लागेको हो ।

जेठ ३ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ राजधानीका सिङ्गल थिएटर र केही मल्टिप्लेक्स हलमा फिल्मले ५१ औँ दिन मनाउन लागेको हो । फिल्म युनिटले ५१ औँ दिन मनाउन लागेको सुखद् अवसरमा खुशी साट्न कार्यक्रमको समेत आयोजना गर्दैछ ।

निर्देशक प्रदीप भट्टराईले हालसम्म ३ फिल्म निर्देशन गरेका छन् । संयोग नै भन्नुपर्छ, उनले निर्देशन गरेका तीनै फिल्मले ५१ औँ दिन पार गर्नेछन् । यसअघि उनको निर्देशनमा तयार भएका फिल्म ‘शत्रु गते’ र ‘जात्रा’ ले गौरवमय ५१ औँ दिन मनाउन सफल भएका थिए ।

योसँगै निर्देशकले आफ्ना फिल्मले ५१ औँ दिन पार गर्नेमा ह्याट्रिक गर्नेछन्, जुन अवसर कमै निर्देशकलाई जुर्ने गर्छ ।

अर्कातिर यस वर्ष २ वटा फिल्मले ५१ औँ दिन मनाएर रेकर्ड राखेका छन् । केही हप्ताअघि फिल्म ‘दाल भात तरकारी’ ले पनि ५१ औँ दिन पार गरेको थियो । दुवै फिल्म कमेडी जानरामा निर्माण भएका हुन् । निर्देशक प्रदीप भट्टराईले दर्शकप्रति धन्यवाद व्यक्त गरेका छन् ।

‘जात्रै जात्रा’ मा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दयाहाङ राई, प्रकाश सुवेदी लगायतका कलाकारको शीर्ष भूमिका छ । कमेडी जानरामा निर्माण भएको यो फिल्मले दर्शक र समीक्षक दुवैको राम्रो साथ पाएको छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ११ : २३ बजे

किशोर श्रेष्ठ पक्राउ र जनआस्थामा प्रहरीको छापाबारे बोल्यो प्रेस काउन्सिल

काठमाडौं- प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका

पुटिनको कुरिल भ्रमणमा जापानको आपत्ति

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दाबी गर्दै

बाजुरा बाढीपहिरोको उच्च जोखिममा

बाजुरा– बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ । भिरालो भूभाग,

अक्षय-सैफको ‘हैवान’को टिजर सार्वजनिक, को हिरो र को ‘हैवान’?

काठमाडौं- बलिउडका चर्चित अभिनेता अक्षय कुमार र सैफ अली खान

राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै